मुख्य समाचार
प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौं, ६ फागुन । आजबाट काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भृकुटी मण्डपमा राप्रपा अध्यक्ष कमल थापाले दिउँसो १ बजे गर्नेछन् । राप्रपाका अनुसार महाधिवेशनमा एक लाखभन्दा बढी जनसहभागिता रहने छ । राप्रपा नेपाल र राप्रपाको एकतापछि पहिलो पटक हुन लागेको महाधिवेशनमा देशभरबाट तीन हजार चार सय ७० […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं, ५ फागुन । एक अध्ययनका अनुसार नेपालमा छ वर्षको अवधिमा महिला यौनकर्मीहरुको संख्या दोब्बर भएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुका अनुसार सन् २०१० मा नेपालमा महिला यौनकर्मीहरुको संख्या करिब २८ हजारको हाराहारीमा थियो । तर, सन् २०१६ सम्ममा आइपुग्दा उक्त संख्या बढेर झण्डै ५३ हजार पुगेको जनाएको छ […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं, ५ फागुन । नेताहरुको तस्वीर बिगारेर तथा अर्को तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा राख्नेलाई जेल सजाय हुन सक्ने भएके छ । विहीबार संसदको विधायन समिति अन्तरगतको उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयक पास गरेको छ । जसमा तस्वीर विगारेर तथा अर्को तस्वीरसँग जोडेर विकृत बनाउनेलाई अपराध मानिएको छ । यस्तै उक्त कसुरमा २ वर्षसम्म कैद […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं, ५ फागुन । स्वास्थ्य मन्त्रालयले अब सुविधा सम्पन्न एम्बुलेन्स भित्र्याउने भएको छ । मन्त्रालयले सुविधा सम्पन्न एम्बुलेन्स र सुविधा अनुसार वर्गीकरण गरेर एउटै सञ्जालमा राख्ने प्रयास थालेको हो । यसका लागि ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका-२०७३’ को मस्यौदा बनेको छ । सो मस्यौदा अहिले राय सुझावका लागि अर्थ र गृह हुँदै कानुन मन्त्रालय […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं, ५ फागुन । प्रधानमन्त्री कार्यालयले विकास निर्माणमा गरिने पुँजीगत खर्चको प्रतिशत कमजोर देखिएपछि सचिव र सहसचिव नेतृत्वको अनुगमन टोली जिल्लाहरुमा खटाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार टोलीले विभिन्न जिल्लामा पुगेर सूक्ष्म अनुगमन गर्ने छ । तीन दिनदेखि सचिवसहितको एक टोलीले झापा र मोरङका कार्यालयहरु, आयोजना तथा परियोजनाको अनुगमन गरिरहेको छ । शहरी […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं, ५ फागुन । तीन निर्वाचन आयुक्त नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ । राष्ट्रपति विद्या भण्डारीले संबैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि आयुक्तहरु नियुक्त गरेकी हुन् । आयुक्तहरुमा पूर्व प्रशासकहरु नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह नियुक्ति गरिएको हो । विहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा उनीहरुको […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल बार्सिलोना, ५ फागुन । ब्रसेल्समा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले युरोपियन कमिसनका अध्यक्ष जीन क्लाउड जुकरसँग भेटेका छन् । भेटका अवसरमा नेपालको विकास प्रयासमा यूरोपियन यूनियनले गरेको सहयोगको परराष्ट्रमन्त्री डा. महतले प्रशंसा गरेका थिए । पूर्वाधार निर्माण र सीप विकासको क्षेत्रमा सहायता बढाउन डा. महतले आग्रह गरेको यूरोपियन यूनियनको नेपाल मिसनद्वारा जारी विज्ञप्तिमा उल्लेख […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल पाँचथर, ४ फागुन । तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताए । बुधबार पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को उद्घाटन गर्दै उनले भने, ‘आज बिहान मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)काअध्यक्ष केपी शर्मा ओलीसँग […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल रौतहट, ४ फागुन  । जिल्लाका तीनवटै नगरपालिका, जिल्ला विकास समिति र जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी आन्दोलनमा उत्रिदा सेवाग्राहीको बिचल्ली भएको छ । रौतहटका रात्रिबस व्यवसायी संघले समेत सेवा ठप्प पार्दा यात्रुहरु मर्कामा परेका छन् । रौतहटसँगै गौर, गरुडा र चन्द्रपुर नगरपालिकाका कर्मचारीहरुले स्थानिय तहमा कर्मचारी व्यवस्थापन र समायोजन गर्दा जिल्ला विकास समिति, नगरपालिका […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल डडेल्धुरा, ४ फागुन । बुधबार भागेश्वर गाविसबाट सदरमुकामतर्फ आउँदै गरेको जिप दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । से१ज ८३३ नं को जीप अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक दुर्घटनामा परेको हो । सो दुर्घटनामा परेर भागेश्वर गाविस–४ सतिगाउँका लक्ष्मण भट्ट, सोही स्थानका जयानन्द भट्ट, भागेश्वर–८ का […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौं, ४ फागुन । नेपाल टेलिकमले  सरकारसँग  भुकम्पले भत्किएको धरहराको पुनःनिर्माणको प्रस्थाव पेस गरेको छ । नेपाल सरकार र नेपाल टेलिकमले संयुक्तरुपमा भूकम्पले भत्किएको धरहराको पुनःनिर्माण गर्ने भएको हो । गत वर्षको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य भइरहेको र करिब ४२ रोपनी क्षेत्रफलमा पुनःनिर्माण हुने धरहरा परिसरमा पार्किङ सुविधासहितको […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौं, ४ फागुन । प्रमुख तीन दल बसेको बैठकले फागुन १४ मै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनाव गर्न सहमत भएका छन् । बुधबार विहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसहित भएको छलफलमा फागुन १४ मै चुनाव गर्नु पर्नेमा जोड दिएको छ । बैठकमा कांग्रेस सभापति […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौं, ४ फागुन । साझा यातायातले मंगलबार रातिदेखि रात्रिकालीन बस सेवा थालेको छ । रातिको समयमा यात्रुहरुलाई पर्ने गरेको अप्ठेरोलाई ध्यानमा राखेर साझाले ५ वटा रुटमा राति साढे ८ देखि ११ बजेसम्म रात्रीकालीन सेवा सुरु गरेको हो । साझा यातायातका अनुसार अस्पतालका कुरुवा, ढिलासम्म काममा रहने कामदार तथा बसपार्कमा राति आइपुग्ने यात्रुलाई लक्षित […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौं, ४ फागुन । निर्वाचनको छलफलका लागि बुधबार एमाले अध्यक्ष केपी ओली बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् । बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत चुनावबारे छलफल गर्नुपर्ने भएकाले भेला भएका हुनलागेका हुन । विद्यार्थीहरुको चुनावबारे छलफलमा जुटेका शीर्षनेताहरुले फागुन १४ गते को स्ववियु निर्वाचन सार्नका लागि बैठक गरेका हुन् । प्रधानमन्त्री पुषपकमल दाहालले […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल सोलुखुम्बु, ४ फागुन । स्पेनका नागरिक जोन एलेन्ज्ड चिकनले भारी हिमपात र अत्यधिक चिसो हुने यो मौसमको वास्तै नगरि सगरमाथाको शिखर चुमेका छन् । मङ्गलबर प्रेम दिवसका अवसरमा श्रीमान/श्रीमती नै सगरमाथाको शिखरमा पुगेर प्रेम साटासाट गर्ने लक्ष्यका साथ श्रीमती कार्लोसका साथ सगरमाथाको शिखर पुगेका हुन् । सँगै सगरमाथा आरोहणमा गएका भए पनि श्रीमती […]



 

 

 

 

 

 

 


ताजा अपडेट