काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने धारणा राखेका छन् । मंगलबार ६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने धारणा राखेका हुन् । अर्थमन्त्री पौडेलले निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै दुई मध्ये […]
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले शुक्रबार आईपीओ बाँडफाँट गर्ने भएको छ। कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक […]
काठमाडौं । सोमबार सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । आइतबार प्रतितोला ७०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि २०० रुपैयाँले घटेको हो । यस्तै आइतबार प्रतितोला १,२३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा […]
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आजदेखि ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बिक्री खुल्ला गरेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली धितोपत्र बजारमा हालसम्मको सबैभन्दा ठूलो प्राथमिक शेयर (आईपीओ) बिक्री खुल्ला गरेको हो । बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गरेको हो । […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले लकडाउनपछि नि:शुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि प्रतिकारोबार २० रुपैयाँसम्म शुल्क लाग्ने भएको छ। माघ १ गतेदेखि एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को बैंकको एटिएमबाट महिनामा दुई पटकभन्दा बढी पटक पैसा निकाल्दा शुल्क लाग्ने भएको हो। तर, महिनामा दुई पटक एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को […]
काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले वृद्धि भएको छ । सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर ९६ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ८०० रुपैयाँले वृद्धि भएको सुन मंगलबार १ हजार १०० रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार आज […]
काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको भारतले पुस १७ गते अर्थात अङ्ग्रेजी नयाँ वर्षबाट हटाएको हो । देशमा उत्पादन बढेपछि भारतले नेपाललगायत श्रीलंका, बंगलादेश, सिंगापुरमा प्याज निर्यात खुल्ला गरेको हो । हाल नेपालमा खपत हुने प्याज ९० प्रतिशतभन्दा […]
काठमाडौं । चन्द्रागिरि हिल्सले सर्वसाधारणका लागि धितोपत्रको प्रराम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । चन्द्रागिरि हिल्सले यसअघि आयोजना प्रभावित काठमाडौं र मकवानपुरका बासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेको छ […]
काठमाडौं । आज शुक्रबार सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सोही मूल्यमा कारोबार भएको सुन बुधबार ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हप्ताको पहिलो दिन आइतबार भने ९२ हजार सात सय रुपैयाँमा सुनको कारोबार भएको छ । समग्रमा यो हप्ता सुनको भाउ तोलामा दुई सय रुपैयाँले […]
काठमाडौं । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले बढाएर प्रतिलिटर १०७ रुपैयाँ पुगाएको छ । १ सेप्टेम्बरमा आएको मूल्य सूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगमले जनाएको छ । निगमले डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको हो । बैंकहरुले कोरोनापछि […]
काठमाडौं । विदेशमा अलपत्र परेका ४८९ नेपाली स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवै गरी आठ अन्तर्राष्ट्रिय चाटर्ड उडानमार्फत नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु, हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६, मालिन्डो एयरले क्वालालम्पुरबाट १७३ नेपाली र श्री एयरलाइन्सले बैंककबाट एक शव गरी ४८९ नेपालीलाई स्वदेश फर्काएको हो । सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय […]
काठमाडौं । व्यापारी र उपभोक्ता दुवैले कोरोना संक्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा कालीमाटी तरकारी बजारमा झन जोखिम बढेको छ। यसअघि नै कालीमाटीका तरकारी व्यापारीमा कोरोना भाइरस देखिसकेको अवस्था भए पनि व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलगाउँदा थप जोखिम बढेको हो। महामारीको समयमा पनि व्यापारी र उपभोक्तामा कत्ति पनि […]
काठमाडौं । कांग्रेसले रासायनिक मलको अभावमा किसानको खेतमा धान पहेलिन थाल्दा पनि मल नपाइनुले सरकार कृषि र कृषकप्रति उदासिन रहेको प्रष्ट भएको बताएको छ । कांग्रेसको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले विज्ञप्ति जारी गर्दै मल आयातमा भइरहेको ढिलाइ र अनियमितताको छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्। कोरोना महामारी, […]
काठमाडौं । बुधबार सुनको मूल्यमा प्रतितोला ६ हजार दुई सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेर कारोबार भइरहेको छ । कोरोना महामारीपछि लगातार उकालो लागेको सुनको मूल्य पछिल्ला चार दिन यता घट्दै आएको छ। नेपाली बजारमा सुनको मूल्यमा एकै दिन तोलामा […]