निगमले बढायो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

काठमाडौं । भारतबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको छ ।

निगमले सोमबार विज्ञति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो ।

वैशाख ४ गते मंगलबार बिहान १ बजेदेखि लागू हुने उक्त मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट