उपनिर्वाचनमा भाग लिन सुवास नेम्वाङका छोरा सुहाङले दिए निवेदन

प्रकाशित मिति: २७ फाल्गुन २०८०, आईतवार

काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा भाग लिन उनका छोरा सुहाङ नेम्वाङले निवेदन दिएका छन् ।

सुहाङ नेम्वाङले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बन्न आइतबार पार्टीमा निवेदन दिएका हुन्।

एमालेको इलाम जिल्ला कमिटीका अनुसार हालसम्म उम्मेदवार बन्नका लागि सुहाङसहित बुद्धि खनाल, रवीन्द्र सुवेदी र देवी क्षेत्री दुलाल गरी चार जनाले निवेदन दिएका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट