नयाँ दिल्ली । भारतमा कोरोना सङ्क्रमितको संखया एक करोड चार लाख ९५ हजारभन्दा बढी पुगेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार भारतमा बुधबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ९५ हजार १४७ पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार ९६८ नयाँ सङ्क्रमित फेला परेका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले […]
काठमाडौं । बेलायतमा पहिलोपटक देखिएको अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको रुपान्तरित नयाँ प्रकारको संक्रमण विश्वका विभिन्न देशमा पुगेको छ । सो भाइरसको संक्रमण अहिले युरोपका स्पेन, स्वीट्जरल्याण्ड, फ्रान्स, डेनमार्कसहितका देशमा देखिएको छ। युरोपका धेरै देशसँग क्यानडा र जापानमा पनि रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नयाँ स्वरुपको कोरोना भाइरसको […]
काठमाडौं। विश्वका शक्तिराष्ट्रको रुपमा चिनिएका भारत र अमेरिका कोरोना संक्रमणको निकै ठूलो चपेटामा परेका छन्। यस अघिसम्म अमेरिकामा मात्र १ करोड बढी कोरोनाका संक्रमितहरु रहेकोमा भारतमा पनि १ करोड बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। अब करोड बढी संक्रमित रहेका देशको संख्या २ पुगेको छ। अमेरिकामा हालसम्म १ करोड ८४ लाख ५७ हजार ५ सय […]
नयाँ दिल्ली । भारत सरकारले जारी लकडाउनलाई थप १ महिना लम्ब्याउने निर्णय गरेको छ । शनिबार भारतीय गृह मन्त्रालयले आगामी जुन ३० सम्म लकडाउनलाई जारी राख्ने निर्णय गरेको हो । भारतमा चौथो चरणको लकडाउन आइतबार मे ३१ मा सकिदैछ । भारतमा यो पाँचौ चरणको लकडाउन हो । थप एक महिना लकडाउन लम्ब्याउने निर्णयसँगै चरणबद्ध रुपमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार दिउँसो १२ बजेका लागि बोलाइएको संसद बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रम मंगलबार नै पारित गर्ने कार्यसूचि […]
नयाँ दिल्ली । भारतले आगामी मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्म लकडाउन लम्ब्याएको छ। मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै पक्षसँगको छलफलपछि लकडाउन तीन साता लम्ब्याइएको घोषणा गरेका हुन्। अबको लकडाउन अझ कठोर बनाइने जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले आम नागरिकहरुलाई पहिलेभन्दा अझ बढी सतर्कता अपनाउन आग्रह गरेका छन्। […]
नयाँ दिल्ली । कोरोनाविरुद्ध शक्ति प्रदर्शन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति ९ बजेर ९ मिनेटका लागि भारतभर बिजुली बन्द गरेर मैनबत्ती, दियो, टर्च वा मोबाइलको लाइट बाल्दै एकताको सन्देश दिन आग्रह गरेका छन् । मोदीले शुक्रबार बिहान एक भिडियो सन्देश जारी गर्दै महामारीका बेला निरन्तर प्रकाशतर्फ जानुपर्ने बताउँदै सबैभन्दा धेरै प्रभावित गरिबको निराशालाई […]
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । क्यानडेली प्रधानमन्त्रीका सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना भएको जनाएका छन् । दुई दिनअघि लण्डनको एक कार्यक्रममा संबोधन गरेर फर्केपछि सोफीमा हल्का ज्वरो र अन्य मिडफ्लु जस्तै लक्षण देखिएको थियो। प्रधानमन्त्री ट्रुडोलाई भने कोरोना देखिएको छैन […]
काठमाडौं । कतारले नेपालसहित १४ मुलुकबाट जाने यात्रुलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ। विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमण रोकथामका लागि भन्दै कतारले चीन, इजिप्ट, भारत, इराक, लेबनन, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका यात्रुलाई आफ्नो मुलुकप्रवेशमा रोक लगाएको हो। कतारमा हालसम्म १५ जनामा संक्रमण भएको फेला परे पनि कसैको […]
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा जारी हिंसामा परी १८ जनाको मृत्यु भएको छ । नागरिकता संशोधन कानुन (सीएए)को समर्थन गर्ने र विरोध गर्ने समूहबीच आइतबारबाट भड्किएको हिंसामा परी बुधबार बिहानसम्म १८ जनाले ज्यान गुमाएका हुन् । समाचार संस्था एएनआईले गुरु तेगबहादुर अस्पतालका एमडी सुनिलकुमार गौतमलाई उद्धृत गर्दै बुधबार बिहान उपचाररत पाँच जना घाइतेको मृत्यु […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा आज अहमदाबाद आएका छन् । २ दिने भारत भ्रमणका लागि अहमदाबाद आइपुगेका ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद एयरपोर्टमा स्वागत गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीसँगै ट्रम्पले २२ किमी लामो रोड शोमा सहभागी हुनेछन्। ट्रम्पले अहमदावादमा आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो […]
नयाँ दिल्ली । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदको शपथ लिएका छन् । आइतबार दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीका रुपमा पद तथा गोपनियताको शपथ लिएका हुन् । उनलाई उपराज्यपाल अनिल बैजलले शपथ दिलाएका हुन् । अरविन्द केजरीवालले सन् २०१३ मा काङ्ग्रेसको समर्थनमा ४९ दिन सत्तामा रहेपछि राजीनामा […]
क्यानबेरा । अस्ट्रेलियामा गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो राजधानी क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि आपतकालीन अवस्था घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार करिब पाँच महिना अघिदेखि लागेको डढेलो १८५ स्क्वायर किलोमिटरसम्म फैलिसकेको छ । आगलागीको जोखिम कम नभएसम्म आपतकाल लागू हुने अधिकारीहरुले बताएका छन् । क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले […]
टर्की । शुक्रबार साँझ टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । टर्कीको एलाजिग प्रान्तको सानो शहर सिभरिस केन्द्रबिन्दु भएर शुक्रबार साँझ ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको थियो । टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकाय (आफाड) ले ३१ जनाको मृत्यु भइसकेको र करिब एक हजार ६०७ जना घाइते भएको […]
काठमाडौं । चीनमा फैलिइरहेको रहस्यमय कोरोना भाइरसका कारण अर्को एक जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार मानिसबाट मानिसमा फैलन सक्ने कोरोना भाइरसका कारण ८९ वर्षीय एक वृद्धको मृत्यु भएको हो । कोरोना भाइरसको प्रकोप रहेको ठाउँ वुहान शहरमा रहँदै आएका ती व्यक्तिमा निमोनियाको लक्षण देखिएको अधिकारीहरुले बताएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले चीनको […]