विश्व
प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा आज अहमदाबाद आएका छन् । २ दिने भारत भ्रमणका लागि अहमदाबाद आइपुगेका ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद एयरपोर्टमा स्वागत गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीसँगै ट्रम्पले २२ किमी लामो रोड शोमा सहभागी हुनेछन्। ट्रम्पले अहमदावादमा आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो […]


प्रकाशित मिति: ४ फाल्गुन २०७६, आईतवार

नयाँ दिल्ली । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदको शपथ लिएका छन् । आइतबार दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीका रुपमा पद तथा गोपनियताको शपथ लिएका हुन् । उनलाई उपराज्यपाल अनिल बैजलले शपथ दिलाएका हुन् । अरविन्द केजरीवालले सन् २०१३ मा काङ्ग्रेसको समर्थनमा ४९ दिन सत्तामा रहेपछि राजीनामा […]


प्रकाशित मिति: १७ माघ २०७६, शुक्रबार

क्यानबेरा । अस्ट्रेलियामा गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो राजधानी क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि आपतकालीन अवस्था घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार करिब पाँच महिना अघिदेखि लागेको डढेलो १८५ स्क्वायर किलोमिटरसम्म फैलिसकेको छ । आगलागीको जोखिम कम नभएसम्म आपतकाल लागू हुने अधिकारीहरुले बताएका छन् । क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले […]


प्रकाशित मिति: १२ माघ २०७६, आईतवार

टर्की । शुक्रबार साँझ टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । टर्कीको एलाजिग प्रान्तको सानो शहर सिभरिस केन्द्रबिन्दु भएर शुक्रबार साँझ ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको थियो । टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकाय (आफाड) ले ३१ जनाको मृत्यु भइसकेको र करिब एक हजार ६०७ जना घाइते भएको […]


प्रकाशित मिति: ७ माघ २०७६, मंगलवार

काठमाडौं । चीनमा फैलिइरहेको रहस्यमय कोरोना भाइरसका कारण अर्को एक जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार मानिसबाट मानिसमा फैलन सक्ने कोरोना भाइरसका कारण ८९ वर्षीय एक वृद्धको मृत्यु भएको हो । कोरोना भाइरसको प्रकोप रहेको ठाउँ वुहान शहरमा रहँदै आएका ती व्यक्तिमा निमोनियाको लक्षण देखिएको अधिकारीहरुले बताएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले चीनको […]


प्रकाशित मिति: २३ पुष २०७६, बुधबार

तेहरान । ईरानको राजधानी तेहरानमा एक सय ८० जना यात्रु बोकेको हवाई जहाज दुर्घटना भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेन अन्तर्राष्ट्रिय एअरलाइन्सको बोइङ्ग ७३७ विमान ईरानको इमाम खामेनेई विमानस्थलमा उडान भरिसकेपछि दुर्घटनाग्रत भएको हो । बधुबार बिहान तेहरानको इमाम खोमेइनी विमानस्थलबाट १८० जना यात्रु तथा चालकदलका सदस्य लिएर उडेको इरान उडेको केही […]


प्रकाशित मिति: २१ पुष २०७६, सोमबार

सिड्नी । गत सेप्टेम्बरदेखि अष्ट्रेलियाको जंगलमा लागेको डढेलोले ठूलो क्षति भइरहेको बेला आज त्यहाँ वर्षा भएको छ । अष्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा भएको वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ । तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अष्ट्रेलियामा विकराल रुप लिएको छ […]


प्रकाशित मिति: ३ पुष २०७६, बिहीबार

काठमाडौं । अमेरिकाको तल्लो सदन(हाउस अफ रेप्रिजेन्टिटिभ)मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव पारित भएको छ। नेपाली समयअनुसार बिहीबार बिहान तल्लो सदनमा भएको मतदानमा ट्रम्पको पक्षमा २३० मत र विपक्षमा १९७ मत खसेपछि महाभियोग प्रस्ताव पारित भएको हो। ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो । तल्लो सदनबाट […]


प्रकाशित मिति: १ पुष २०७६, मंगलवार

लाहौर । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । मंगलबार पाकिस्तानको लाहोर उच्च अदालतका प्रधानन्यायाधीस वकर अहमद सेठको नेतृत्वको इजलाशले मृत्युदण्डको आदेश सुनाएको हो । पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएअनुसार विशेष अदालतले आज सो मुद्दाको फैसला दिने घोषणा गरे पनि सरकारी वकिलले भने अन्य तीनजना लाई पनि छानविनमा ल्याउन आग्रह […]


प्रकाशित मिति: २० मंसिर २०७६, शुक्रबार

हैदराबाद । भारतको हैदराबाद प्रहरीले एक पशु चिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार जना आरोपीलाई घटनास्थलमा लगेर इन्काउन्टर गरेको छ । उक्त घटना २६-२७ नोभेम्बरको हो । यी चार जना आरोपीहरुले २७ वर्षीया भेटनरी डाक्टरलाई बलात्कार गरी उनको शरीर जलाइदिएका थिए । घर फर्किरहेकी डाक्टर स्कुटर पन्चर भएपछि एउटा टोल प्लाजामा बसेका बेला […]


प्रकाशित मिति: २६ आश्विन २०७६, आईतवार


प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

चीन । चीनको एक कारखानामा आगलागी हुँदा करिब १९ जनाको मृत्यु भएको छ । आइतबार मध्यराती चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित दैनिक आवश्यकताको सामाग्री उत्पादन हुने कारखानामा आगलागी हुँदा १९ जनाको ज्यान गएको स्थानीय प्रहरीले जानाकरी दिएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ६ बजे सो आगलागीमा परी मारिने व्यक्तिको सङ्ख्या १९ पुगेको प्रहरीले […]


प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलवार

इस्लामबाद । पाकिस्तानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा परी चार जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका छन् । स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ बजे पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमामा केन्द्रबिन्दु बनाएर ५.८ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। राजधानी इस्लामाबाद, पेशावर, रावलपिण्डी र लाहोरमा पनि धक्का महशुस गरिएको थियो। भूकम्पले घर […]


प्रकाशित मिति: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ट्राभल नोटिस जारी गर्दै आफ्ना नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ । डेंगु रोगको संक्रमण बढेपछि अमेरिकाले आफ्ना नागरिकहरुलाई एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आग्रह गरेको हो । नोटिसमा उल्लेखित मुलुकका विशेषगरी ग्रामिण भेगमा लामखखुट्टेजन्य रोगहरु जस्तै मलेरिया, डेङ्गु र चिकुनगुनियाको महामारी फैलिएकाले आवश्यक […]


प्रकाशित मिति: २८ श्रावण २०७६, मंगलवार

काठमाडौं । आप्रवासीका मामलामा सुरुदेखि नै कठोर बन्दै आएको ट्रम्प प्रशासनले नयाँ ग्रीन कार्ड लिने र अस्थायी प्रवेश अनुमतिका लागि आवेदन दिने आप्रवासीलाई कडाइ गर्ने निर्णय गरेको छ । ट्रम्प प्रशासनले नयाँ नियम घोषणा गर्दै अब ग्रीन कार्डका लागि फारम भरेकाहरुको आवेदन पनि अस्वीकार गरेको छ । आउँदो महिनाको अक्टोबर १५ ताखिरबाट लागू हुने गरी […]



 

 

 

 

 

 

 


ताजा अपडेट