फेसबुकको नाम परिवर्तन गरियो

प्रकाशित मिति: १२ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ ।

लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेका बेला फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेका हुन् । अहिले फेसबुकले गरेको आफ्नो नामको परिवर्तन व्यक्तिगत प्लेटफर्ममा भने देखिँदैन।

फेसबुकले गरेको नाम परिवर्तन पछि पनि फेसबुक, इन्स्टाग्रा वा ह्वाट्सएप चलाउँदा कुनै परिवर्तन भने हुने छैन। कम्पनीले फेसबुकको नयाँ नाम परिवर्तन गरेसँगै रोजगारीको नयाँ अवसर पनि खोल्ने जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट