काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप माघ १४ गते बुधबारबाट लगाउन सुरु गरिने भएको छ । बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले कोभिड-१९ विरुद्धको पहिलो खोप लगाउने बताइएको छ । बुधबार बिहान १० बजे अस्पतालकै केन्द्रमा सुरु हुने खोप अभियानअन्तर्गत आफूले पहिलो खोप लगाउने डा. राजभण्डारीले बताए । धेरै मानिसहरुमा […]
दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप बुधबारबाट लगाउन सुरु गरिने बताएका छन् । दाङको देउखुरीमा राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पहिलो चरणको खोप माघ १८ गतेसम्म लगाइ सकिने बताएका हुन्। प्रधानमन्त्री ओलीले कोभिड–१९ ले देश विकासको अभियानमा अघि बढ्न केही प्रतिकुलता थपे पनि प्रतिकुलतालाइ चिरेर […]
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । मुख्यमन्त्री राईले आइतबार मिस मंगोल २०१८ की विजेता जाङ्मु शेर्पासँग लगनगाँठो कसेका हुन्। भोजपुर निवासी ४९ वर्षीय मुख्यमन्त्री राईले संखुवासभा निवासी २३ वर्षीया मोडल शेर्पासँग किराँती परम्पराअनुसार विवाह गरेका हुन् । काठमाडौंमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम […]
काठमाडौं। यस वर्षको स्वस्थानी व्रतकथा माघ १५ गतेदेखि सुरु हुँदैछ । हिन्दू धर्मावलम्बीहरुले हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गर्दछन् । पार्वतीले श्री स्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र […]
कञ्चनपुर । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको धारणा राखेका छन् । मातृशोकमा रहेका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न केन्द्रीय नेताहरुसहितको टोली लिएर शुक्रबार साँझ कञ्चनपुर आइपुगेका महामन्त्री डा.कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको […]
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना पुष्टि भएको जनाएको छ । बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३८३ जना निको भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या […]
काठमाडौं । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले खाने तेलको मूल्य बढाएको भेटेपछि विभागले कारवाही गरेको छ । बारामा रहेको अन्नपूर्ण भेजिटेबल प्रा.लि. […]
काठमाडौं । करिब ६ महिनाअघि मात्रै विवाह भएका एक दम्पती कोठाभित्रै मृत भेटिएका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल मृत भेटिएका हुन्। परिवारसहित लुभुमा बस्दै आएका उनीहरु सोमबार मृत भेटिएका हुन्। केही दिनअघि मात्रै सागरका बुवा–आमा बालकोटस्थित छोरीको घरमा […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि अहिले विभिन्न संघ-संस्थाले देशभर विरोध प्रदर्शन गर्दै आएका छन् । सरकारको यो कदम असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड-नेपाल खेमासहित अन्य विपक्षी दलहरु आन्दोलनमा छन्। सोही क्रममा आज संयुक्त महिला संघले पनि प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ। ‘संसद् विघटन गर्न पाइँदैन, प्रतिनिधिसभा […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस भएको पुष्टि गरेको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै तीन जनामा नयाँ प्रजातिको भाइरस भएको जानकारी दिएको हो । संक्रमित तीनै जना बेलायतबाट नेपाल फर्किएकाहरु हुन् । उक्त प्रजाती बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पनि मन्त्रालयले पुष्टि गरेको […]
काठमाडौं । देशको पूर्वी भू-भागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले मौसम सफा हुन अझै केही दिन लाग्ने मौसमविदले अनुमान गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकाले तत्काल वर्षाको सम्भावना रहेको छैन। यसवर्ष अहिलेसम्म हिउँदे वर्षा हुनसकेको छैन् । (मङ्सिर, पुस र माघ) […]
बीबीसी । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार गएको भूकम्पमा परी अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ । इन्डोनेसियामा शुक्रबार बिहान एउटा सानो भूकम्प गएको र त्यसको केही समयपछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु माजेने नगरबाट ६ किलोमिटर पर १० किलोमिटर तल रहेको बताइएको छ । स्थानीय समयानुसार मध्यरातपछि १ बजेतिर ७ सेकेन्डसम्म […]
काठमाडौं । हरेक वर्ष माघ २ गते मनाइँदै आएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । वि.सं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । यसवर्ष ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार ५ हजार ३२ पीसीआर परिक्षण गर्दा थप ४०३ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ र सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ पुगेको छ […]
काठमाडौं । थारू समुदायले आज माघी पर्व मनाउँदै छन्। थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँने गर्दछन् । सरकारले वि.सं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ । […]