बिहानैदेखि हुम्ला र मुस्ताङमा हिमपात, किसानहरु हर्षित

प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

काठमाडौं । हुम्ला र मुस्ताङमा यस वर्ष पहिलो पटक हिमपात भएको छ। सोमबार बिहानैदेखि भएको हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।

यति बेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्ने भएकाले किसानहरु खुशी भएका छन् । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए। जेठमा पाक्ने उवा, जौँ र गहुँ बालीलाई यसपटक परेको हिउँले राम्रो गर्ने किसानहरुले अपेक्षा गरेका छन् ।

हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको छ। हिमपात भएसँगै आवतजावतमा समेत कठिनाई भएको स्थानीयले बताएका छन्। अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिउँ जमेको छ।

यस्तै कालीकोटको मान्ममा, जोमसोमदेखि आसपासका सबै क्षेत्रमा पनि आज बिहानैदेखि पानी र हिमपात परेको छ । सुर्खेतको वीरेन्द्रनगर र आसपासका क्षेत्रमा गएरातिदेखि आज बिहानसम्म पानी परेको छ । दैलेखमा पनि पानी परेको स्थानीयले बताएका छन् । आज काठमाडौं उपत्यकामा पनि कहिले घाम लाग्ने र कहिले बादल लाग्ने भइरहेकाले चिसो निकै बढेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट