काठमाडौं । नेपाल साउदी अरेबियामा भइरहेको ‘वाफ वुमन्स च्याम्पियनसिप’ को फाइनलमा प्रवेश गरेको छ । साउदी अरबको जेद्दास्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भईरहेको ‘वाफ वुमन्स च्याम्पियनसिप’फुटबल प्रतियोगितामा गएराति भएको खेलको इन्जुरी समयमा प्रिती राईले डिबक्स बाहिरबाट प्रहार गरेको गोलको मदतले लेबनानलाई २-१ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको हो । खेलको […]
काठमाडौं । आबुधाबी स्पोर्टस काउन्सिलको सहकार्य एवं गल्फ मल्टी स्पोर्टस्को आयोजनामा भएको ‘रीम मल इन्डोर रन’ मा हरिकृष्ण बिष्टले रजत पदक प्राप्त गरेका छन् । हरिले १० कि.मी. दौड ३६ मिनट ५९ सेकेन्डमा पुरा गर्दै रजत पदक प्राप्त गरेका हुन् । श्रीलंकका हनिफा मुवारक ३३ मिनट ५४ सेकेन्डका साथ प्रथम र युनाईटेड किङ्गडमका हडसल स्टुवार्ट […]
काठमाडौं । यूएईलाई हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि आफ्नो नाम गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको खेलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। यूएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । यो जितसँगै एसिया कपमा स्थान बनाएको नेपाल समूह ‘ए’ […]
काठमाडौं । नेपाल पौडी संघको वार्षिक कार्यक्रमअनुसारको १०औँ एन.एस.ए. कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आईतबार हुने भएको छ । प्रतियोगितामा ८४ महिला तथा १३७ पुरुष गरेर कुल २२१ खेलाडीहरुले ५४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्न जुनियर विधाका १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ […]
ललितपुर । नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ्ग ११औँ पुष्पलाल स्मृति ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचाल्न सफल भएका छन् । राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ बरियताबीच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्डहर्टका आधारमा जित हात पार्दै उपाधी उचालेकी हुन् । […]
काठमाडौं। रिभाईभ लिजरपार्कको स्थापना दिवसको उपलक्ष्यमा ‘‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’’ आयोजना हुने भएको छ । असोज १ देखि ५ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल र युगल, महिला एकल, भेटरान्स युगल गरी ४ विधामा खुल्ला प्रतिष्पर्धा गराईने छ । च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र […]
काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता स्थगित गरिएको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी चैत १ देखि १५ गते सम्म काठमाडौंमा हुने लिग अनिश्चितकालका स्थगित गरिएको आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टले जनाएको छ । ६ वटा फ्रेन्चाइजी टिमको सहभागिता रहेको प्रतियोगितामा सहभागी विदेशी खेलाडीका साथै खेल तालिका पनि सार्वजनिक भइसकेको थियो । […]
काठमाडौं । ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको हो । टस जितेर बलिङ रोजेको नेपालले अब ब्याटिङ गर्दैछ । नेपालका लागि करण […]
काठमाडौं । मंगलबार सम्पन्न १३औँ सागमा भारतले आफ्नो वर्चश्व कायम राख्दै अग्रस्थान हासिल गरेको छ । दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म वर्चस्व जमाएको भारतले १३औँ सागमा १७४ स्वर्ण जित्दै आफूलाई अग्रस्थानमा राख्न सफल भएको हो। भारतले १७४ स्वर्णसहित ९३ रजत र ४५ कास्य गरी ३१२ वटा पदक जितेको थियो। बाँकी सबै राष्ट्रले पाएको स्वर्णको […]
काठमाडौं । नेपालले भुटानलाई २–१ ले पराजित गर्दै १३औँ साग अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जित्न सफल भएको छ। मंगलबार दशरथ रंगशालामा सम्पन्न भएको खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण हात पारेको हो। नेपालले १७औँ मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर भुटानका ३७औँ मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए । […]
काठमाडौं । जलपरी गौरिका सिंहले चौथो स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् । यसअघि १३औँ सागमा नै नेपाललाई तीन स्वर्ण दिलाइसकेकी गौरिकाले सोमबार सातदोबाटोमा भएको १०० मिटर फ्रीस्टाइलमा चौथो स्वर्ण जित्दै कीर्तिमान बनाएकी हुन् । उनले भारतीय शिवांगी शर्मालाई पराजित गर्दै निर्धारित दूरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । शिवांगीले निर्धारित दूरी ५८ दशमलव १५ […]
काठमाडौं । नेपालका लागि गोपीचन्द्र पार्कीले सागअन्तर्गत एथ्लेटिक्सको पुरुषतर्फ ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको प्रतियोगितामा गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा दौड पूरा गरेर स्वर्ण जितेका हुन् । जारी सागमा नेपालले एथ्लेटिक्समा दोस्रो स्वर्ण जितेको हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार […]
काठमाडौं । नेपालकी सन्तोषी श्रेष्ठले भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै स्वर्ण जितेकी छन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत दशरथ रंगशालामा मंगलबार भएको खेलमा एथ्लेटिक्सको १० हजार मिटर दौडमा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डको समयमा निर्धारित दूरी पार गर्दै स्वर्ण जितेकी हुन् । सागको इतिहासमै नेपालले एथलेटिक्समा महिलातर्फ पहिलो स्वर्ण हात पारेको हो […]
पोखरा । नेपाली खेलाडी सोनु गुरुङले १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा आज सञ्चालन भएको ट्रायथोलन खेलमा स्वर्ण पदक जितेकी छन् । नेपालसहित भारत र श्रीलङ्का गरी तीन देशबाट दुई जनाका दरले सहभागी ६ जना प्रतिष्पर्धीलाई पछि पार्दै पोखरामा जारी साग खेलकूदमा उनले पहिलो पटक स्वर्ण पदक हात पारेकी हुन् । पोखराको फेवाताल किनारस्थित […]
काठमाडौं । शनिबार नेपालगन्ज म्याराथनको पाँचौं संस्करणको उद्घाटन गरिएको छ । म्याराथनको उद्घाटन गर्न नेपालगन्ज पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई राष्ट्रव्यापी बनाउँदै प्राप्त उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा अघि बढेको बताएका छन् । नेपालगन्ज विमानस्थलको विस्तार र स्तरोन्नतिको अध्ययन र छलफलका लागि आफू नेपालगन्ज आएको बताउँदै मन्त्री […]