भारतीय धाविकालाई ०.०१ सेकेण्डको अन्तरले हराउँदै सन्तोषीले जितिन् स्वर्ण

प्रकाशित मिति: १७ मंसिर २०७६, मंगलवार

काठमाडौं । नेपालकी सन्तोषी श्रेष्ठले भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै स्वर्ण जितेकी छन् ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत दशरथ रंगशालामा मंगलबार भएको खेलमा एथ्लेटिक्सको १० हजार मिटर दौडमा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डको समयमा निर्धारित दूरी पार गर्दै स्वर्ण जितेकी हुन् ।

सागको इतिहासमै नेपालले एथलेटिक्समा महिलातर्फ पहिलो स्वर्ण हात पारेको हो । श्रीलंकाकी निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेण्डको समयमा दौड पूरा गरेर काश्य पदक हात पारिन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट