नेपाल बन्यो साग च्याम्पियन, भुटान २-१ ले पराजित

प्रकाशित मिति: २४ मंसिर २०७६, मंगलवार

काठमाडौं । नेपालले भुटानलाई २–१ ले पराजित गर्दै १३औँ साग अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जित्न सफल भएको छ।

मंगलबार दशरथ रंगशालामा सम्पन्न भएको खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण हात पारेको हो। नेपालले १७औँ मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर भुटानका ३७औँ मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।

खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । सुनिल बलले नेपालका लागि दोस्रो गोल गरेपछि नेपाल खेलमा २–१ को अग्रता लिन सफल भएको थियो। त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि नेपालले खेल २–१ ले जितेको हो।

योसँगै नेपालले १३औँ सागमा ५१ स्वर्ण पदक हात पार्न सफल भएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट