हरिले जिते रजत पदक

प्रकाशित मिति: १० असार २०८०, आईतवार

काठमाडौं । आबुधाबी स्पोर्टस काउन्सिलको सहकार्य एवं गल्फ मल्टी स्पोर्टस्को आयोजनामा भएको ‘रीम मल इन्डोर रन’ मा हरिकृष्ण बिष्टले रजत पदक प्राप्त गरेका छन् ।

हरिले १० कि.मी. दौड ३६ मिनट ५९ सेकेन्डमा पुरा गर्दै रजत पदक प्राप्त गरेका हुन् । श्रीलंकका हनिफा मुवारक ३३ मिनट ५४ सेकेन्डका साथ प्रथम र युनाईटेड किङ्गडमका हडसल स्टुवार्ट ४० मिनट ४५ सेकेन्ड समयका साथ तेश्रो भए ।

१० कि.मि. दौडमा ४८ देशका १०९ खेलाडीहरुको सहभागिता रहेको दुबईबाट तेक्वान्दोका राष्ट्रिय रेफ्रि समेत रहेका जगन अधिकारीले बताए । तेक्वान्दोका प्रशिक्षक समेत रहेका हरिले यस अघि वेलम्यान समर रन २०२३ को उपाधी जितेका थिए ।

रोजगारीका सिलसिलामा विगत ७ वर्षदेखि दुबईमा कार्यरत सेनाका अवकास प्राप्त बिष्टले यसअघि पनि विभिन्न दौडमा सहभागिता जनाउनुका साथै विभिन्न पदकहरु प्राप्त गरिसेकेको अधिकारीले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट