‘सम्पदा पदयात्रा-२०८१’ मा सहभागी बनौं

प्रकाशित मिति: १५ बैशाख २०८१, शनिबार

काठमाडौं । चन्द्रागिरि हाइकर्स कमिटिले ‘सम्पदा पदयात्रा-२०८१’ गर्ने भएको छ । चन्द्रागिरि हाइकर्स कमिटिले चन्द्रागिरि नगरपालिकाको सहकार्यमा आयोजना गर्न लागेको ‘सम्पदा पदयात्रा’ वैशाख २२ गते २२ सय पैदलयात्रीको सहभागिता २२ कि.मि. पैदलयात्रा गराउने आयोजकले जनाएको छ।

चन्द्रागिरि नगरपालिकाका १५ वटा वडामा रहेका धार्मिक, ऐतिहासिक स्थल तथा सम्पदाका बारेमा नयँ पुस्तालगायत आगन्तुक पैदलयात्रीलाई जानकारी गराउने हेतुले ‘२२ वैशाख २२ कि.मि. २२ सय पैदलयात्रा’ कार्यक्रम आयोजना गरिएको हो ।

पैदलयात्रामा सहभागी हुन ईच्छुकहरुले रु. ९९ ई-सेवामार्फत भुक्तानी गर्न सक्ने आयोजकले जनाएको छ । पदयात्रा कार्यक्रम चन्द्रागिरि नगरपालिकाको भवनबाट बिहान ५ :३० बजे सुरु हुने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट