वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल, उपाधिका लागि जोर्डनसँग भिड्ने

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

काठमाडौं । नेपाल साउदी अरेबियामा भइरहेको ‘वाफ वुमन्स च्याम्पियनसिप’ को फाइनलमा प्रवेश गरेको छ ।

साउदी अरबको जेद्दास्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भईरहेको ‘वाफ वुमन्स च्याम्पियनसिप’फुटबल प्रतियोगितामा गएराति भएको खेलको इन्जुरी समयमा प्रिती राईले डिबक्स बाहिरबाट प्रहार गरेको गोलको मदतले लेबनानलाई २-१ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

खेलको पहिलो हाफको ३८औँ मिनेटमा पुजा रानाको आत्मघाति गोलको कारण नेपाल १-० ले पछि परेको थियो। दोस्रो हाफको ७६औँ मिनेटमा सावित्रा भण्डारीले कीर्तिमानी गोल गर्दै खेललाई बराबरीमा फर्काएकी थिइन् । नब्बे मिनेटको समयफछि पाँच मिनेट थप गरिएको समयलाई सदुपयोग गर्दै प्रिती राईले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी हुन सफल भएको थियो ।

फाइनल पुगेपछि नेपालकी फरवार्ड सावित्रा भण्डारीले मैदानका कारण पहिलो हाफमा राम्रो खेल्न नसकेको बताइन् । यस्तै गोलकर्ता प्रितीले पनि पहिलो हाफमा खेल्न कठिन भएको र दोस्रो हाफमा खेल्न सहज भएको र नतिजा आएको बताइन् ।

नेपालले अब ‘वाफ वुमन्स च्याम्पियनसिप’को उपाधिका लागि फाल्गुन १७ गते जोर्डनसँग फाइनल खेल खेल्नेछ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट