पार्किङ गर्न नपाउने निर्णयविरुद्ध न्युरोडका व्यापारीहरु आन्दोलित

प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

काठमाडौं । न्युरोड क्षेत्रका व्यापारीहरुले आज सटर बन्द गरेर विरोध प्रदर्शन गरेका छन्।

काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि न्युरोड क्षेत्रका कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेसँगै व्यवसायीहरुले सटर बन्द गरेर विरोध गरेका हुन्।

काठमाडौं महानगरपालिकाले आजदेखि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरेको थियो ।

सवारी आवागमनलाई सहज बनाउन महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था उपलब्ध गराएको थियो ।

तर, न्युरोड क्षेत्रका व्यापारीहरुले पार्किङ रोकेपछि व्यापार घट्ने भन्दै महानगरपालिकाको निर्णय सच्याउन माग गर्दै सटर बन्द गरेर विरोध जनाएका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट