के असारबाट संचालनमा आउला त ‘ग्वार्को फ्लाइ ओभर’ ?

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

ललितपुर । नेपालमा पहिलो पटक इपिसी मोडलमा निर्माण हुन लागेको ललितपुरको ग्वार्कोमा बन्दै गरेको फ्लाई ओभरको काम तिव्र रुपमा भईरहेको छ ।

२०७८ फागुनदेखि निर्माण सुरु गरिएको ग्वार्को फ्लाई ओभरको काम २०८० फागुन मसान्तमा सक्नुपर्ने थियो । तर, निर्माण कम्पनीले डिजाइनलगायतका विविध प्राविधिक पक्षहरुलाई ध्यान दिदाँ तोकिएकै समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको हो ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले ग्वार्को फ्लाई ओभर २०८१ असारभित्र सम्पन्न गर्ने गरी फेरि म्याद थप गरेको छ । । हालसम्म ग्वार्को फ्लाइ ओभरको भौतिक प्रगति ४० प्रतिशत जति भएको केन्द्रले जनाएको छ। यो योजना इपीसी अर्थात इञ्जिनियरिङ, प्रोक्युरमेण्ट एण्ड कन्स्ट्रक्शन प्रक्रियाबाट निर्माण गर्न लागिएको हो ।

चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न निर्माण थालिएको फ्लाइ ओभर संचालनमा आएपछि ग्वार्कोमा हुने गरेको ट्राफिक जामको लामो बसाईबाट यात्रुहरुले छुटकारा पाउने विश्वास गरिएको छ । ( इन्द्र बहादुर राई/ रिपोर्टर नेपाल )


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट