एसीसी प्रिमियर कपको उपाधि नेपाललाई

प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

काठमाडौं । यूएईलाई हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि आफ्नो नाम गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको खेलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

यूएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । यो जितसँगै एसिया कपमा स्थान बनाएको नेपाल समूह ‘ए’ मा परेको छ ।

आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने भनिएको एसिया कपका लागि समूह ‘ए’ मा नेपालसँगै भारत र पाकिस्तान पनि रहेका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट