नेपाललाई जितका लागि १ सय ९८ रनको लक्ष्य

प्रकाशित मिति: २२ माघ २०७६, बुधबार

काठमाडौं । ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको हो ।

टस जितेर बलिङ रोजेको नेपालले अब ब्याटिङ गर्दैछ । नेपालका लागि करण केसीले चार र सुसन भारीले तीन विकेट दिलाउँदा दिपेन्द्रसिंह ऐरीले पनि एक विकेट हात पारे। पुरै १० ओभर बलिङ गरेका सन्दीप लामिछानेले भने विकेट लिन सकेनन् । १० ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित ४५ रन खर्चिए।

आजको खेलमा नेपालका दुई युवा बलर सुसन भारी र अभिनाश बोहोराले नेपालबाट पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू गरेका हुन्। डेब्यू खेलमै सुसनले सनसनीपूर्ण प्रदर्शन गरे। १० ओभर बलिङ गरेका सुसनले १ मेडनसहित मात्र १४ रन खर्चे। सुसनले पछिल्लो दुई विकेट एकै ओभरमा हात पारेका हुन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट