रिभाईभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन असोज १ देखि

प्रकाशित मिति: १३ भाद्र २०७८, आईतवार

काठमाडौं। रिभाईभ लिजरपार्कको स्थापना दिवसको उपलक्ष्यमा ‘‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’’ आयोजना हुने भएको छ ।

असोज १ देखि ५ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल र युगल, महिला एकल, भेटरान्स युगल गरी ४ विधामा खुल्ला प्रतिष्पर्धा गराईने छ । च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागिय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आईरहेका विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराईने छ ।

आयोजकका अनुसार च्याम्पियनसिपमा ३०० बढि खेलाडीहरुको सहभागिता रहने छ । करिब १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । सोही क्रममा नेपालका लागि अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

लिजरपार्कको लगनखेलस्थित आफ्नै कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपका दौरान कोभिड-१९ को उच्च संक्रमणलाई ध्यानमा राखी सम्पूर्ण स्वास्थ्य मापदण्डलाई पालना गर्दै खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियल र अत्यावश्यक व्यक्तिहरुलाई मात्र हलमा प्रवेशको व्यवस्था गरिने छ ।

‘‘हाम्रो उद्देश्य भनेको केवल नाफा कमाउनु मात्र नभई नेपालीहरुलाई शारीरिक, मानसिक रुपमा स्वस्थ राख्नु तथा नेपाली खेलकुद क्षेत्रलाई उकास्न विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरु आयोजना तथा बालबालिकाहरुलाई उच्च स्तरको प्रशिक्षणको व्यवस्था गरी नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीहरु उत्पादन गर्नु र निजी क्षेत्रबाट नेपाल सरकारको खेलकुद विकासको अभियानलाई सहयोग पु¥याउनु  हो’’, अध्यक्ष शुक्र पाख्रिनले भने।

करिब १८ करोड लगानी रहेको रिभाईभ लिजर पार्क हेल्थ क्लबको कम्पाउण्डभित्र ब्याडमिन्टन हल, जोडो, कराते, उसु हल, स्विमिङ्गपुल, जिम, जुम्बा हल, साउना स्टिम, मसाज थेरापी, सैलुन पार्लरलगायत बि.एण्ड बि. रुम, सेमिनार, पाटीृहल सहित रेस्टुरेण्ट समेत रहेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट