पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधी अनुमाया र प्रिन्सलाई (भिडियोसहित)

प्रकाशित मिति: ११ फाल्गुन २०७८, बुधबार

ललितपुर । नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ्ग ११औँ पुष्पलाल स्मृति ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचाल्न सफल भएका छन् । राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राईले १२ बरियताबीच भएको प्रतिस्पर्धामा सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्डहर्टका आधारमा जित हात पार्दै उपाधी उचालेकी हुन् ।

पहिलो सेटमा २१–१९ ले पछाडी परेकी रशिला दोश्रो सेटमा १०–४ को अवस्थामा खुट्टामा चोट बोक्न पुगेकी थिईन् । अनुमायाले नगद ५० हजार र उपविजयी रशिलाले नगद २८ हजार प्राप्त गरिन् । महिला एकलतर्फ तृतीय स्थान प्राप्त गर्ने खेलाडी नङ्गशल देवी तामाङ्ग र अमिता गिरीले नगद १२ हजार ५ सयसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

खेल सामाग्री उत्पादक संस्था लिनिङ्गको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष एकल (उच्च १६औँ बरियता प्राप्त) मा बिश्व वरियतामा जुनियरतर्फ नम्बर १ रहेको प्रिन्सले सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधी रक्षा गरेका हुन् । प्रिन्स अघिल्लो १०औँ संस्करणका विजेता समेत हुन् । विजेता प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपविजेता नविनले नगद ३० हजार प्राप्त गरे । तृतीय स्थान हात पार्ने दिपेश धामीले नगद १४ हजार र प्रफुल महर्जनले नगद १२ हजार ५ सयसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रफुलले लिगमा एक खेल हारेका कारण १ हजार ५ सय कम प्राप्त गरेका हुन् ।

महिला युगलतर्फको खेलमा सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीले नम्बर एक भोजपुरकी नङ्गशल देवी तामाङ्ग र सेनाकी अनुमा राईलाई २१–१४, २८–२६ ले पराजित गर्दै उपाधी कब्जा गरे । यस्तै पुरुष युगलतर्फ एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले जित हात पारे । उक्त जोडीले नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई २३–२१, २१–१६ ले पराजित गर्दै उपाधी उचालेका हुन् । विजयी जोडीले मेडल, ट्रफी र प्रमाणपत्रका साथ नगद २० हजार प्राप्त गरे । यस्तै उपविजयीले नगद १० हजार र तृतीयले नगद ५ हजारसहित मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।

पुरुषको उच्च १६ बरियतादेखि बाहेककोमा कास्कीका बिधान अधिकारीले बाजी मार्दै उपाधी उचाले । अधिकारीले सेनाका पविन लिनथेपमाथि २१–१२, २१–११ को जित हात पारे । यस्तै महिला तर्फ एनआरएन सानिया चन्दले उपाधी उचालिन् । चन्दले कैलालीकी एलिना सुनारलाई २१–१८, २२–२० ले पराजित गर्दै उपाधी कब्जा गरेकी हुने । यस विधामा विजयीले नगद २० हजार, उपविजयीले नगद १० हजार र तृतीय स्थानकाले नगद ५ हजारसहित मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।

पुरुष यु १७ तर्फ सेनाका डेभिड थापा मगरले जित हात पारे । उनले १६ फिदरका क्षितिज खनाल माथि १७–२१, २१–१६ र २४–२२ को कठिन जित निकाले । महिलातर्फ सेनाकी रशिला महर्जनले सेनाकै प्राथना देउवालाई २१–१८, २१–८ ले पराजित गर्दै उपाधी जितिन् । विजयी खेलाडीहरुलेनगद १५ हजार र उपविजयीले ८ हजार प्राप्त गरे । यस्तै तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले ४/४ हजार प्राप्त गरे । यसका साथै विजयी सबै खेलाडीले मेडल, प्रमाणपत्र र ट्रफी पनि हात पारे ।

मास्टर्स ४५ वर्षमाथिको खेलमा कास्कीका बिशाल हेराचन र शम्भु कुमार श्रेष्ठको जोडीले जित हात पार्दै उपाधीसहित मेडल, ट्रफी र प्रमाण पत्रका साथ नगद २० हजार प्राप्त गरे । उक्त जोडीले जेष्ट ब्याडमिन्टनका नविन बाबु श्रेष्ठ र चितवनका सुभाष श्रेष्ठको जोडीलाई २१–११, २१–१५ ले पराजित गरेका हुन् । श्रेष्ठ जोडीले उपविजयी भए बापत मेडल ट्रफी प्रमाण पत्रका साथै नगद १० हजार प्राप्त गरे । तृतीय स्थानमा रहेकाले नगद ५ हजारका साथै मेडल, ट्रफी प्रमाण पत्र प्राप्त गरे ।

मास्टर्स ५५ वर्षमाथिको खेलमा चितवनका बुद्धि चौधरी र पुष्प श्रेष्ठको जोडीले बाजी मारे । उक्त जोडील धादिङ्गका बिष्णुलाल श्रेष्ठ र कास्कीका मनोज श्रेष्ठको जोडीलाई २१–१८, ७–२१, २१–१८ ले पराजित गर्दै उपाधी उचालेका हुुन् । विजयी खेलाडीहरुले मेडल, ट्रफी, प्रमाण पत्रका साथै नगद २० हजार प्राप्त गरे । यस्तै उपविजयी खेलाडीहरुले मेडल, ट्रफी प्रमाण पत्रक साथ नगद १० हजार प्राप्त गरे । तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले ट्रफी मेडल र प्रमाणपत्रका साथै नगद ५/५ हजार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, साँसद राजकाजी महर्जन, नेपाल ओलम्पिक संघका सचिव एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, मुख्य प्रायोजक लिनिङ्गका नेपाल प्रतिनिधी अनिल जर्लानी, राखेपका सदस्य एवं नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, उपाध्यक्ष ध्रुव श्रेष्ठ, सचिव नविन विक्रम शाह, राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाका प्रमुख अर्जून बि.क., उपनिर्देशक रजनी मैया जोशी, राष्ट्रिय ब्याडमिन्टन संघका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा फागुन ३ देखि ८ गतेसम्म भएको प्रतियोगितामा संघसँग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुलिस र नेपाल एपिएफ क्लब गरी ५० संस्थाका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय बरियतामा १६औँ स्थानमा रहेका), पुरुष एकल (१६औँ बरियतादेखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय बरियतामा १२औँ स्थानमा रहेका), महिला एकल (१२औँ बरियतादेखि बाहेकका), महिला युगल (खुला), यु-१७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ वर्षमाथि र मास्टर्स ५५ वर्षमाथि (खुला) गरी १० विधामा प्रतिस्पर्धा भएको थियो ।

कुल २१ लाख ६० हजार लागत रहको प्रतियोगितामा पुरस्कारतर्फ ५ लाख ९८ हजार खर्च रहेको थियो । लिग चरणको पुरुष एकल (राष्ट्रिय बरियतामा १६औँ स्थानमा रहेका) र महिला एकल (१२औँ स्थानमा रहेका) तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाए बापत नगद १५ सय प्राप्त गरेका थिए ।

यस्तै लिग चरणमा विजयी हुने प्रत्येक खेलाडीले थप १५ सय प्राप्त गरेका थिए । यस्तै क्वाटरफाईनलमा विजयी हुने खेलाडीहरुले थप ८ हजार, सेमिफाईनलमा विजयी खेलाडीले थप १६ हजार प्राप्त गरेका थिए । यसैगरि फाईनलमा विजयी खेलाडीले थप २० हजार र उपविजेता खेलाडीले थप ५ हजार प्राप्त गरेको आयोजकले जनाएको छ ।

यसअघि भएको सेमिफाईनल खेलको पुरुष एकल (उच्च १६ बरियता) तर्फ बिश्व जुनियर एकमा रहेका उदियमान खेलाडी प्रिन्स दाहालले राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी माथि १४–२१, २१–१४, २१–१७ ले जित निकाल्दै फाईनलमा सेनाका नविन श्रेष्ठसँगको भेट पक्का गरेका थिए । यस्तै नविनले फाईनल प्रवेश गर्नेक्रममा सेनाकै प्रफुल महर्जन माथि १४–२१, २१–१७, २१–१६ ले जित निकालेका थिए ।

महिला एकलतर्फ सेनाका अनुमाया राई र रशिला महर्जन फाईनल प्रवेश गरे । अनुले भोजपुरकी नम्बर एक खेलाडी नङ्गशल देवी तामाङ्गलाई २१–१३, २१–१९ ले तथा रशिलाले सेनाकी अमिता गिरीलाई २१–१३, २१–८ले पराजित गरेका थिए ।

पुरुष युगल खुलातर्फ एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडी फाइनल प्रवेश गरे । उक्त जोडीले कास्कीका बिधान अधिकारी र भुगोल गुरुङ्गको जोडीलाई २१–१९, २१–१६ ले पराजित गर्दै उपाधीका लागि सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीसँगको भेट पक्का गरे । महर्जन जोडीले पुलिका जीवन आचार्य र सुनिल जोशीको जोडीलाई २१–१७, १४–२१, २१–१८ ले पराजित गरे ।

महिला युगलतर्फ सेनाकी अनुमाया राई र भोजपुरकी नङ्गशलदेवी तामाङ्गको जोडीले फाईनलमा स्थान बनायो । उक्त जोडीले एपिएफकी जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई २१–१७, २१–१३ ले पराजित गदै फाईनलमा सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीसँगको भेट पक्का गरे । गिरी र महर्जनको जोडीले कञ्चनपुरका बिणा बिष्ट र निलिमा महराको जोडीलाई २१–९, २१–८ ले पराजित गरेका हुन् ।

उच्च १६ बरियतादेखि बाहेकको पुरुष एकलको खेलमा सेनाका पविन लिनथेप कास्कीका बिधान अधिकारीले फाईनलमा स्थान बनाए । पविनले सेनाका दिवश शंकरलाई २१–१५, २१–१६ ले तथा बिधानले मोरङ्गका भोज बहादुर गुरुङ्गलाई २१–१६, २२–२० ले पराजित गरेका हुन्।

महिला उच्च १२ बरियत बाहेकको महिला एकलको खेलमा एनआरएनकी सानिया चन्दले सेनाकी प्रेक्षा राईलाई २१–१७, २१–१५ ले पराजित गर्दै फाईनलमा कैलालीकी एलिना सुनारसँगको भेट पक्का गरिन् । सुनारले पाल्पाकी दिया शाक्यलाई २१–८, २१–१४ ले पराजित गरेकी हुन् ।
यसअघि यु १७ पुरुष एकलतर्फके सेमिफाईनलमा डेभिडले सिल्क ग्रुपका नरेन्द्र बम ठकुरीलाई २७–२५, २३–२१ ले तथा १६ फिदरका क्षितिज खनालले सेनाका आयुश्मान नागरीलाई २२–२४, २१–१५, २१–१३ ले पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।

यस्तै यु १७ महिला एकलतर्फ फाईनल प्रवेश गर्ने क्रममा रशिलाले कैलालीकी एलिना सुनारलाई २१–९, २१–६ ले तथा प्राथनाले सेनाकै रोज पाण्डेलाई २१–१८, २१–१२ ले पराजित गरेका थिए । पुरुष ४५ वर्षमाथिको युगलतर्फ कास्कीका बिशाल हेराचन र शम्भु कुमार श्रेष्ठले पिस एफसीका पूर्णहरि होना र संजय कपालीको जोडीलाई २१–१३, २१–१३ को समान अन्तरले तथा जेष्ट ब्याडमिन्टनका नविनबाबु श्रेष्ठ र चितवनका सुभाष श्रेष्ठले पाल्पाका बशन्त बज्राचार्य र महेश बज्राचार्यको जोडीलाई २१–१४, २१–९ ले पराजित गर्दै फाईनमा स्थान बनाएका थिए।

५५ वर्षमाथिको प्रतिस्पर्धाको सेमिफाईनलमा चितवनका बुद्धि चौधरी र पुष्प श्रेष्ठको जोडीले ललितपुरका रविन्द्र शाक्य र बिरेन्द्र लाल श्रेष्ठको जोडीलाई २१–९, २१–१० ले तथा धादिङ्गका बिष्णुलाल श्रेष्ठ र कास्कीका मनोज श्रेष्ठको जोडीले ईमाडोल ब्याडमिन्टन क्लबका सुरेश बस्नेत र दिलबहादुर कदङ्गवाको जोडीलाई २१–१५, २२–२० ले पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।

राष्ट्रिय ब्याडमिन्टन संघलाई प्रशिक्षकहरुको सम्मान

ब्याडमिन्टन प्रशिक्षकहरुले राष्ट्रिय ब्याडमिन्टन संघ, नेपाललाई प्रशंसा पत्रले सम्मान गरेको छ । नेपालमा ब्याडमिन्टन खेलको विकास, विस्तार र उत्थानमा नेपाल ब्याडमिन्टन संघले गरेको योगदानको कदर गर्दै प्रमुख प्रशिक्षक लगायत प्रशिक्षकहरुले संघलाई प्रशंसा पत्रले सम्मान गरेको हो । २०६७ सालमा स्थापित यस संघले ब्याडमिन्टनको ईतिहासमानै पहिलो पटक ¥याङ्किङ्ग प्रतियोगितालाई निरन्तर आयोजना गर्दै ११औँ संस्करण सम्म ल्याईपु¥याएको छ ।

पूर्व खेलाडी श्रेष्ठलाई सम्मान

नेपालमा ब्याडमिन्टन खेलाडीको रुपमा प्रवेश गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितमा प्रतिस्पर्धा गर्दै खेल जीवन पश्चात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अम्पायरको रुपमा आफुलाई स्थापित गर्न सफल हुनुका साथै नेपालमा ब्याडमिन्टन खेलको विकास र विस्तारमा योगदान पु¥याएका कारण बिराटनगर निवासी लवभक्त श्रेष्ठलाई राष्ट्रिय ब्याडमिन्टन संघले सम्मान गरेको छ । श्रेष्ठलाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दोसल्ला तथा प्रशंसा पत्र प्रदान गरे । ललितपुर वडा नम्बर १४ स्थित नखिपोट युथ क्लबको भवनमा संचालित उक्त प्रतियोगिता पूर्ण रुपमा सफल रहेको क्लबका अध्यक्ष जंग सुनुवारले बताए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट