गौरिकाले रचिन् इतिहास, ४ स्वर्ण जित्दै तोडिन् दिपक बिष्टको कीर्तिमानी

प्रकाशित मिति: २३ मंसिर २०७६, सोमबार

काठमाडौं । जलपरी गौरिका सिंहले चौथो स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् । यसअघि १३औँ सागमा नै नेपाललाई तीन स्वर्ण दिलाइसकेकी गौरिकाले सोमबार सातदोबाटोमा भएको १०० मिटर फ्रीस्टाइलमा चौथो स्वर्ण जित्दै कीर्तिमान बनाएकी हुन् ।

उनले भारतीय शिवांगी शर्मालाई पराजित गर्दै निर्धारित दूरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । शिवांगीले निर्धारित दूरी ५८ दशमलव १५ सेकेण्डमा पूरा गरिन् ।

गौरिकाले नेपालका लागि एउटै दक्षिण एसियाली खेलकुदमा चारवटा स्वर्ण जितेपछि यसअघि नेपालका लागि चार स्वर्ण दिलाएका तेक्वान्दो खेलाडी दीपक बिष्टले यो नेपाली खेलकुदका लागि स्वर्णिम पल भएको बताएका छन्।

आठौँ सागदेखि एघारौँ सागसम्म लगातार बिष्टले नेपाललाई स्वर्ण दिलाएर आफ्नो खातामा चार स्वर्ण बनाउँदै इतिहास रचेका थिए। बिष्टको उक्त कीर्तिमानलाई गौरिकाले एकै सागमा बराबरी गरेकी छन्।

योसँगै गौरिका ३५ वर्षे सागको इतिहासमा एउटै सागमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् । यसअघि उनले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्यास्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् भने १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाई १ सय मिटर फ्रीस्टाइल रिलेमा कास्य हात पारेकी थिइन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट