सोनुले दिलाइन् नेपाललाई पहिलो स्वर्ण

प्रकाशित मिति: १६ मंसिर २०७६, सोमबार

पोखरा । नेपाली खेलाडी सोनु गुरुङले १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा आज सञ्चालन भएको ट्रायथोलन खेलमा स्वर्ण पदक जितेकी छन् ।

नेपालसहित भारत र श्रीलङ्का गरी तीन देशबाट दुई जनाका दरले सहभागी ६ जना प्रतिष्पर्धीलाई पछि पार्दै पोखरामा जारी साग खेलकूदमा उनले पहिलो पटक स्वर्ण पदक हात पारेकी हुन् ।

पोखराको फेवाताल किनारस्थित गौरीघाटमा सञ्चालन भएको प्रतियोगिताको महिला इभेन्टतर्फको फेवातालमा ७५० मिटर पौडी तथा २० किमी साइकल र पाँच किमी दौड एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा पूरा गरी सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।

भारतका सरोजिनीदेवी र प्रज्ञना मुन्नाले निर्धारित दूरी क्रमशः एक घण्टा १४ मिनेट र एक घण्टा १४ मिनेट ५७ सेकेण्डमा पार गरी रजत र काश्य पदक प्राप्त गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट