बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा काठमाडौंबाट पक्राउ परेका रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बिहीबार जिल्ला अदालत सर्लाहीमा बयान लिइएका बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । जिल्ला अदालत सर्लाहीले थुनामा पठाउने आदेश दिएपछि बम्जनलाई अब कारागार चलान गरिने छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बुधबार सार्वजनिक गरिएका बम्जनलाई सीआईबीले सडक मार्ग हुँदै गएराति २ बजे मलंगवास्थित सर्लाही जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको थियो।

बम्जनविरुद्ध अर्को मुद्दा पनि गृह जिल्ला बारा छ। बाराको रतनपुरी जंगलस्थित आश्रमबाट एकजना अनुयायीलाई बेपत्ता बनाएको आरोपसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। प्रहरीले अनुयायी बेपत्ता पारेको भनेर परेको उक्त मुद्दामा पनि अनुसन्धान अघि बढाउने तयारी गरेको छ। त्यसका लागि जिल्ला प्रहरी कार्यालय बाराले उपस्थित गराउन आग्रहसहित बिहीबार नै सर्लाही प्रहरीलाई पत्र लेखिसकेको छ।

यो पनि पढ्नुहोस् :  पक्राउ परेका रामबहादुर बम्जन सार्वजनिक, आजै सर्लाही लगिँदै


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट