आज राति उल्का वर्षा हुने

प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासोले आजराति सन् २०२४ को पहिलो उल्का वर्षा हुने जानकारी दिएको छ । नेपाली समयअनुसार राति ११:३० बजेदेखि भोलि शुक्रबार बिहान सूर्योदय अगाडिसम्म उल्का वर्षा हुने र आकाशमा नाङ्गो आँखाले नै हेर्न सकिने नासोले जनाएको छ ।

उल्का वर्षालाई तारा खसेको पनि भन्ने गरिन्छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् जसलाई उल्का वर्षा भनिन्छ ।

उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नासोले जनाएको छ । अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ ।

नासोका अनुसार ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० कि.मि. माथि वायुमण्डलमा देखिनेछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट