जाजरकोट भूकम्पमा १५७ को ज्यान गयो

चीनले १० करोडको राहत सामग्री दिने

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

कर्णाली । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिमका १५७ जनाले ज्यान गुमाएका छन् ।

शनिबार साँझसम्म प्राप्त विवरणअनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी १५७ जनाको मृत्यु र ३७५ जना घाइते भएका छन्। जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसैबीच चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शनिबार साँझ सामाजिक सञ्जालमार्फत चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रका लागि टेन्ट, कम्बललगायतका राहत सामग्री उपलब्ध गराउने जानकारी गराएका हुन्।

चिनियाँ राजदूत चेन सोङले पहिलो आपतकालीन सहायताको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक/दुई दिनमा आइपुग्ने जानकारी दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट