चन्द्र र मीन घलेले विमानस्थलबाट १३८ किलो सुन भित्र्याएको छानबिन समितिको निष्कर्ष

प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

काठमाडौं । दुबईबाट १४ किलो सुन बोकेर नेपाल आएका गोरखाका चन्द्र घलेको संलग्नतामा पटक पटक गरी हालसम्म १३८ केजी सुन नेपाल भित्रिएको तथ्य सार्वजनिक भएको छ ।

गत मंसिर २१ गते राति दुबईबाट नेपाल आएका गोरखाका घलेबाट बरामद १४ किलो सुन प्रकरणपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिले उक्त समूहले पटक पटक गरी १३८ केजी सुन नेपाल भित्र्याएको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको जनाएको छ ।

समितिले आइतबार पत्रकार सम्मेलन गरेर गोरखाका मीनबहादुर घलेले दुबईमा अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्ने गरेको निष्कर्ष निकालेको छ।

मीनबहादुर घले, चन्द्र घले र कृष्णकुमार श्रेष्ठले पटक पटक गरेर १३८ किलो सुन विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। तर, समितिको प्रतिवेदनमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ किलो सुन मात्रै बरामद भएको उल्लेख छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट