म्यानमारकी नेतृ आङ सान सुकी सेनाको हिरासतमा

एक वर्षका लागि संकटकाल घोषणा

प्रकाशित मिति: १९ माघ २०७७, सोमबार

म्यानमार । म्यानमारमा सेनाले सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहानै सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिदैं एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टीले सरकार बनाउनका लागि आवश्यक सिटमा जित हाँसिल गरेको थियो । तर, सो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको सेनाले त्यसकै प्रतिक्रिया स्वरुप सत्ता आफ्नो हातमा लिएको बताएको छ ।

सूकी पक्राउ परेसँगै राजधानीसहित म्यानमारको प्रमुख शहरमा इन्टरनेट सेवा अवरुद्ध भएको छ भने राजधानीसहित धेरै ठाउँमा सेनाको उपस्थिति बाक्लो छ । सेनाका प्रमुख मिन आङ हलाइङ्गलाई सत्ताको जिम्मेवारी दिइएको म्यानमार आर्मीले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सेनाको नियन्त्रणमा रहेको टेलिभिजन मार्फत जारी वक्तव्यमा सत्ता आफूहरुको नियन्त्रणमा आएको जनाएको हो । सन् २०११ सम्म म्यानमारमा सैनिक शासन थियो । बर्माका रुपमा समेत चिनिने म्यानमारकी नेतृ सुकीलाई सेनाले वर्षौँसम्म घरमै नजरबन्दमा राखेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट