अमेरिकापछि भारतमा पनि कोरोना संक्रमितको संख्या १ करोड पुग्यो

यस्तो छ विश्वभरको तथ्याङ्क

प्रकाशित मिति: ७ पुष २०७७, मंगलवार

काठमाडौं। विश्वका शक्तिराष्ट्रको रुपमा चिनिएका भारत र अमेरिका कोरोना संक्रमणको निकै ठूलो चपेटामा परेका छन्। यस अघिसम्म अमेरिकामा मात्र १ करोड बढी कोरोनाका संक्रमितहरु रहेकोमा भारतमा पनि १ करोड बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। अब करोड बढी संक्रमित रहेका देशको संख्या २ पुगेको छ।

अमेरिकामा हालसम्म १ करोड ८४ लाख ५७ हजार ५ सय ३ जनामा कोरोना पुष्टि भइसकेको छ भने ३ लाख २६ हजार ६ सय ८४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । १ लाख ८३ हजार ८ सय ९६ जना संक्रमित २४ घण्टामा थपिएको अमेरिकामा १ लाख ७४ हजार १ सय २४ जना कोरोना निको भएर डिस्चार्ज पनि भएका छन्।

हालसम्म विश्वभरमा ७ करोड ७६ लाख ८९ हजार ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ करोड ४५ लाख ७० हजार १ सय ७३ जनाले कोरोना संक्रमण जितेका छन् भने १७ लाख ८ हजार २ सय ५१ जनाको कोरोनाका कारण ज्यान समेत गएको छ। तथ्याङ्क अनुसार भारतमा १ करोड ७५ हजार ४ सय २२ जना कोरोनाका संक्रमितहरु रहेका छन्।

हालसम्म १ लाख ४६ हजार १ सय ४५ जनाको कोरोनाका कारण ज्यान गएको भारतमा गत २४ घण्टामा ३ सयको मृत्यु भएको छ। ३० हजार बढी कोरोनाका संक्रमित गत २४ घण्टामा निको भए भने २ लाख ९३ हजार ६ सय ६३ सक्रिय संक्रमित रहेका छन्। भारतमा गत २४ घण्टामा थप १९ हजार १ सय ७४ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा युकेमा ३३ हजार बढी कोरोनाका संक्रमितहरु थिपएका छन्। यस्तै, रसियामा २९ हजार, ब्राजिलमा २५ हजार, जर्मनी र टर्कीमा १९ हजार, नेदरल्याण्डमा ११ हजार, इटाली, कोलोम्बीया र स्वीजरल्याण्डमा १० हजार, दक्षिण अफ्रिकामा ८ हजार, क्यानडा र स्पेनमा ७ हजार, इण्डोनेसिया, युक्रेन र इरानमा ६ हजार, अर्जेन्टीना र फ्रान्समा ५ हजार र पोल्याण्डमा ४ हजार बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट