क्यानाडाका प्रधानमन्त्रीकी पत्नीलाई कोरोना संक्रमण

प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

क्यानडेली प्रधानमन्त्रीका सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना भएको जनाएका छन् । दुई दिनअघि लण्डनको एक कार्यक्रममा संबोधन गरेर फर्केपछि सोफीमा हल्का ज्वरो र अन्य मिडफ्लु जस्तै लक्षण देखिएको थियो।

प्रधानमन्त्री ट्रुडोलाई भने कोरोना देखिएको छैन । यद्यपि, पत्नीसँगै प्रधानमन्त्री ट्रुडो पनि १४ दिन आइसोलेसनमा रहनेछन् । परीक्षणका रिपोर्टले सोफीलाई कोरोना संक्रमणका लक्षण देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रधानमन्त्री जस्टिन ट्रुडुमा लक्षण नदेखिए पनि चिकित्सकहरूको सल्लाहबमोजिम उनी पनि १४ दिनको ‘सेल्फ आइसोलेसन’ मा बस्ने भएका छन्। सेल्फ–आइसोलेसनमा रहे पनि प्रधानमन्त्री ट्रुडोले पूर्ववत् ढंगले आफ्ना नियमित काम गर्ने उनको कार्यालयले जनाएको छ ।

यसैसन्दर्भमा उनले शुक्रबार आफ्ना नागरिकहरूलाई सम्बोधन गर्ने वक्तव्यमा उल्लेख गरिएको छ। कोरोनाले क्यानडामा १ जनाको ज्यान गइसकेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट