भारतमा १ महिना थपियो लकडाउन, जून ८ देखि भने यी स्थान खोल्न पाइने

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार

नयाँ दिल्ली । भारत सरकारले जारी लकडाउनलाई थप १ महिना लम्ब्याउने निर्णय गरेको छ । शनिबार भारतीय गृह मन्त्रालयले आगामी जुन ३० सम्म लकडाउनलाई जारी राख्ने निर्णय गरेको हो ।

भारतमा चौथो चरणको लकडाउन आइतबार मे ३१ मा सकिदैछ । भारतमा यो पाँचौ चरणको लकडाउन हो । थप एक महिना लकडाउन लम्ब्याउने निर्णयसँगै चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी भारत सरकारले गरेको छ ।

लकडाउन खुकुलो बनाउने पहिलो चरण जून ८ देखि धार्मिक स्थल, होटल, रेष्टुरेन्ट, आतिथ्य क्षेत्र र सपिङ मलहरु खुलाउने तयारी गरिएको छ भने दोश्रो चरणमा राज्य सरकारहरुसँग छलफल गरी विद्यालय, कलेज, शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु खोलिने र तेश्रो चरणमा अन्तर्राष्ट्रिय उडान, सिनेमा हल, मेट्रो रेलसेवा, स्विमिङ पुल लगायत खोलिने जनाइएको छ ।

भारत सरकारले यसलाई अनलक चरण एक भनेको छ । पछिल्लो समय भारत सरकारले कोरोना संक्रमणको अवस्था हेरेर विभिन्न गतिविधिहरुमा छुट दिँदै आएको छ । हालसम्म भारतमा कोरोना संक्रमितहरुको संख्या १ लाख ७५ हजार ९ सय ५७ पुगेको छ । जसमध्ये ४ हजार ९ सय ९६ जना संक्रमितहरुको मृत्यु भइसकेको छ भने ८३ हजार ८७८ जना संक्रमितहरु निको भइसका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट