भारतमा तीव्र रुपमा फैलिँदै कोरोना भाइरस

प्रकाशित मिति: ८ चैत्र २०७७, आईतवार

नयाँदिल्ली । पछिल्लो समय भारतमा तीव्र रुपमा कोरोना संक्रमण फैलिन थालेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार बिहानसम्म भारतमा थप ४३ हजार ८४६ जना कोरोना सङ्क्रमित थपिएका छन्।

भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख ९९ हजार १३० र मृतकको संख्या एक लाख ५९ हजार ७५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार तीमध्ये १९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

सोही अवधिमा अरु २२ हजार ९५६ जना भने सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा वृद्धि हुँदै गएको हो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट