नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

काठमाडौं । कतारले नेपालसहित १४ मुलुकबाट जाने यात्रुलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ।

विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमण रोकथामका लागि भन्दै कतारले चीन, इजिप्ट, भारत, इराक, लेबनन, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका यात्रुलाई आफ्नो मुलुकप्रवेशमा रोक लगाएको हो।

कतारमा हालसम्म १५ जनामा संक्रमण भएको फेला परे पनि कसैको मृत्यु भएको छैन। कतार सरकारले तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणबाट जोगिन आइतबार त्यस्तो घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

त्यहाँका प्रमुख एयरलाइन्स कतार एयरवेजले इटाली जाने आउने उडान तत्कालका लागि रोकिसकेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट