भारतमा कोरोना सङ्क्रमितको संख्‍या एक करोड पाँच लाख

डेढ लाख बढीले गुमाए ज्यान

प्रकाशित मिति: २९ पुष २०७७, बुधबार

नयाँ दिल्ली । भारतमा कोरोना सङ्क्रमितको संखया एक करोड चार लाख ९५ हजारभन्दा बढी पुगेको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार भारतमा बुधबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ९५ हजार १४७ पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार ९६८ नयाँ सङ्क्रमित फेला परेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड ३४ लाख ८९ को हाराहारीमा नमूना परीक्षण गरेको छ। सरकारले देशका विभिन्न भागमा कोभिड-१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। मङ्गलबार एक दिनमा ८ लाख ३६ हजार २२७ जनाको कोभिड-१९ परीक्षण गरेको छ।

कोरोना सङ्क्रमणको कारण भारतमा एक लाख ५१ हजार ५२९ जनाले ज्यान गुमाईसकेका छन् । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख २९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा दुई लाख १४ हजार ५०७ सक्रिय सङ्क्रमित रहेका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट