युरोपेली मुलुकहरुमा फैलियो नयाँ स्वरुपको कोरोना भाइरस

प्रकाशित मिति: १२ पुष २०७७, आईतवार

काठमाडौं । बेलायतमा पहिलोपटक देखिएको अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको रुपान्तरित नयाँ प्रकारको संक्रमण विश्वका विभिन्न देशमा पुगेको छ ।

सो भाइरसको संक्रमण अहिले युरोपका स्पेन, स्वीट्जरल्याण्ड, फ्रान्स, डेनमार्कसहितका देशमा देखिएको छ। युरोपका धेरै देशसँग क्यानडा र जापानमा पनि रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण जर्मनी, इटाली, नेदरल्याण्डस र अस्ट्रेलियामा पनि देखिएको छ।

ती देशहरुमा संक्रमण पुष्टि भएकाहरु हालै बेलायतबाट फर्किएका थिए । बेलायतबाट जापान आएका पाँच यात्रुमा सो भाइरसको संक्रमण देखिएपछि सोमबारदेखि गैरआवासीय विदेशीहरुलाई एक महिनाका लागि जापान प्रवेशमा रोक लगाइने भएको छ ।

यस्तै क्यानडाको अनतारिओका दम्पतीमा पनि नयाँ स्वरुपको भाइरसको संक्रमण देखिएको हो । तर, उनीहरुको ट्राभल हिस्ट्री भने नरहेको स्थानीय अधिकारीले बताएका छन् । कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको डब्ल्युएचओले पुष्टी गरेको छ । युरोपेली संघ इयुमा आवद्ध राष्ट्रहरुमा भाइरस नियन्त्रणका लागि धमाधम खोप लगाउन सुरु गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट