सुकीलाई चार वर्ष जेल सजाय

प्रकाशित मिति: २० मंसिर २०७८, सोमबार

म्यानमार । म्यानमारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सुकीलाई सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र कोभिड नियम उल्लंघन गरेको आरोपमा अदालतले चार वर्षको जेल सजायँ सुनाएको हो । सोमबार सेनाको अदालतले उनलाई राष्ट्रिय विपत्ति कानुन उल्लंघन र सेनाविरुद्ध जनमत बनाएको आरोपमा समान दुई/दुई वर्ष गरी चार वर्षको जेल सजाय सुनाएको हो ।

गत फेब्रुअरीमा सेनाले कू गर्दै सत्ता आफ्नो हातमा लिएपछि उनलाई पक्राउ परेर नजरबन्दमा राखेको थियो। यद्यपि उनी सार्वजनिकरुपमा भने देखिएकी थिइनन्। सेनाका अनुसार सुकीले नजरबन्दमै रहेर आफूमाथि लागेको अन्य मुद्दाको पनि सामना गर्नेछन्।

त्यस्तै म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई पनि समान चार वर्षको जेल सजाय सुनाइएको छ। मिन्टलाई पनि सुकीकै अभियोगमा जेल सजाय सुनाइएको हो। उनीहरु दुवैले जेल भने जानु नपर्ने सेनाले बताएको छ।

म्यानमारमा गत वर्ष नोभेम्बरमा भएको आम निर्वाचनमा सुकीको पार्टीले जित हासिल गरेको थियो । तर, त्यहाँको सेनाले चुनावमा धाँधली भएको भन्दै निर्वाचन परिणाम अस्वीकार गर्दै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट