भारतले घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नेपाल पठाएको छ ।

नेपाल आयल निगमका अनुसार आईओसीले पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसा घटाएर पठएको हो ।

भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्नेछ ।

अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ, डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँ र खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट