१ लाख नाघ्यो सुनको मूल्य, चाँदी पनि बढ्दै

प्रकाशित मिति: २५ मंसिर २०७९, आईतवार

काठमाडौं । साताको पहिलो दिन आइतबार सुन तोलाको २ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार तोलाको १ लाख ३०० मा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गत वैशाखमा कारोबार मूल्य तोलाको एक लाख नाघेको सुन गत सातादेखि क्रमिक बढिरहेको छ। करिब ६ महिनापछि सुनको मूल्य पुनः लगातार उच्च भएको महासंघले जनाएको छ।

यस्तै आज चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट