भारतबाट बढेर आए पनि नेपालमा अहिले पेट्रोलियम पदार्थको मूल्य नबढ्ने

प्रकाशित मिति: १८ पुष २०७९, सोमबार

काठमाडौं। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

आइओसीले नेपाललाई आइतबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ ५४ पैसा, डिजेलमा २ रूपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रूपैयाँ १३ पैसा र एलपी ग्यासमा ७८ रूपैयाँ २२ पैसा बढेको आएको निगमले जनाएको छ।

आईओसीले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो। भारतबाट मूल्य बढेर आए पनि हाल नेपालमा मूल्य यथावत् नै रहने निगमले‍ जनाएको छ।

मूल्य बढेर आएसँगै निगमलाई एलपी ग्यासमा प्रति सिलिन्डर ३५९ रूपैयाँ ५० पैसा घाटा रहेको जनाएको छ। अहिले बढेर आएको नयाँ मूल्यका कारण निगमलाई आगामी १५ दिनमा लगभग ९९ करोड रुपैयाँ मात्र नाफा हुने दाबी निगमको छ । यही मूल्य कायम रहे निगमलाई आगामी एक महिनामा १ अर्ब ९८ करोड नाफा हुन सक्ने प्रक्षेपण गरिएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट