कर्जाको ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। हाल बैंकहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएकामा अब ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको बैंकर्स संघले जनाएको छ ।

बिहीबार बसेको बैंकर्स संघको बैठकले चैत १ गतेदेखि लागू हुने गरी साधारण निक्षेपमा ०.४ प्रतिशत ब्याजदर घटाउने र कर्जाको प्रिमियममा ब्याजदर १ प्रतिशतले घटाउने भएको हो ।

तत्कालका लागि साना ऋणीलाई राहत हुने गरी प्रिमियम घटाउने निर्णय भएको छ। त्यस्तै कुल डिपोजिटको ब्याजदर १० प्रतिशत र बचतको ब्याजदर ०.४२ प्रतिशत विन्दुले घटाउने निर्णय भएको हो। यसको अर्थ बचतको ब्याजदर ६ देखि ८ प्रतिशतको बीचमा रहनेछ। मुद्दती निक्षेपमा भने फागुनकै ब्याजदर यथावत राखिने भएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट