वर्षको अन्तिम दिन घटेर बन्द भयो नेप्से

प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

काठमाडौं । बुधबार उच्च अंक बढेर बन्द भएको नेप्से परिसूचक वर्षको अन्तिम दिन बिहीबार भने घटेर बन्द भएको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७० स्टकको ४४ हजार ७०८ पटकको कारोबारमा १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ४९ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार नेप्से परिसूचक १.४८ प्रतिशत अर्थात २९.०७ अंक घटेर १९३४.४७ बिन्दुमा झरेको छ भने यस दिन सेन्सेटिभ इण्डेक्स ५.७२ अंक घट्नुका साथै फ्लोट इण्डेक्स २.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९४ अंक घटेको छ।

बिहीबार कारोबार रकमका आधारमा शिवम सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरी को ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस्तै साताको अन्तिम कारोबार दिन आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन गरिमा विकास बैंकको ऋणपत्रको मूल्य यस दिन ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई मूल्य सर्वाधिक ५.५० प्रतिशत घटेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट