दशैँका लागि नयाँ नोट आजदेखि साटिँदै

प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहार र छठ पर्वलाई लक्षित गर्दै आजदेखि नयाँ नोट साट्ने सेवा सुरु गरेको छ ।

राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोटको सटही खुला गरेसँगै बैंकहरूमा नयाँ नोट लिने सर्वसाधारणहरुको भीड लागेको छ। अघिल्ला वर्षहरूमा जस्तै राष्ट्र बैंकले यसवर्ष पनि ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था गरेको छ।

एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ। नोट सटहीका लागि लाइन बस्नुपरेका सर्वसाधारणहरु नयाँ नोट पाउँदा खुशी देखिएका छन्।

यस वर्ष बैंकहरूले सटही सेवा प्रभावकारी बनाउनका लागि क्युआरबाट पनि सेवा दिइरहेका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट