व्यापार/व्यवसाय
प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार

काठमाडौं । नेपालीहरुको महान् चाँड बडा दशैँका लागि आजदेखि नागरिकले नयाँ नोट साट्न पाएका छन् । हरेक वर्ष दशैँमा नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो । यस पटक राष्ट्र बैंकले दशैँमा ५, १०, २०, ५० र १०० रुपैयाँका नयाँ नोटहरु उपलब्ध गराएको छ। नयाँ नोट […]


प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार

काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने उद्देश्यले एक सय मिलियन डलर अर्थात पौने १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसका अनुसार १२ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण उक्त ऋण सहायता पानी, भूमीको प्रयोग, कृषि, […]


प्रकाशित मिति: ११ असार २०७९, शनिबार

काठमाडौं । सरकारले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २९ रुपैयाँ घटाउने निर्णय गरेको छ । पेट्रोलियम पदार्थको मूल्यबारे सरकारको धारणा सार्वजनिक गर्न सिंहदरबारमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ कर कटौती गरेको जानकारी दिएका हुन् । सरकारले मूल्य घटाएसँगै अब नेपाल आयल निगमले […]


प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार

काठमाडौं । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिएपछि भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । भारतले जुन १ अर्थात जेठ १८ गतेदेखि अक्टोबर ३१ सम्मका लागि चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले अबका चार महिनासम्म चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको […]


प्रकाशित मिति: ८ जेष्ठ २०७९, आईतवार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १८०, मट्टीतेलको मूल्य प्रतिलिटर १६३ पर्नेगरी मूल्य वृद्धि गरेको हो। निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँले बढेर १८ सय पुगेको छ।


प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएसँगै कुखुराको मासुको मूल्य घट्न थालेको छ । चुनावका कारण मासुको माग ह्वात्तै बढ्दा एक साताअघि कुखुराको तयारी मासुको मूल्य प्रतिकेजी ४१० रुपैयाँसम्म पुगेको थियो । चुनावका कारण किसानले उत्पादन गरेको कुखुरा गाउँमै खपत हुन थालेपछि संघले मासुको मूल्य बढाएको थियो। कुखुराको मूल्य गाउँमा नै बढेपछि शहर-बजारमा आइपुग्ने कुखुराको मूल्य […]


प्रकाशित मिति: २८ बैशाख २०७९, बुधबार

काठमाडौं । आगामी जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा हुने भएपछि बैंकिङ्ग समय पनि परिवर्त हुने भएको छ। सरकारले आगामी जेठदेखि सातामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने भएपछि नेपाल राष्ट्र बैंकले सोहीअनुसार काम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो। तोकिएका दिनबाहेक जेठ १ देखि बैंकहरु बिहान ९ः३० बजे नै खुलेर […]


प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार

काठमाडौं । बुधबारको कारोबारपछि नेप्से परिसूचक २२७५.६८ को विन्दुमा सिमित हुन पुगेको छ। शेयरबजारमा दोहोरो अंकको गिरावट आएसँगै बुधबार कारोबार रकम पनि खुम्चिएको छ। आज कारोबार एक अर्ब २१ करोड रुपैयाँमा सिमित छ। सो बराबरका ३६ लाख अधिक कित्ता किनबेच भए। सर्वाधिक कारोबारमा अरुणभ्याली हाइड्रो अगाडि छ। कम्पनीको ४ करोड ५८ लाख ९६ हजार रुपैयाँको […]


प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

काठमाडौं । सरकारले कुरकुरे, लेज, सबै प्रकारका तयारी मदिरा, निजी सवारीसाधनदेखि मोटरसाइकल, मोबाइल फोन, टेलिभिजनलगायतका सामान आयात गर्न रोक लगाएको छ । देशमा विदेशी मुद्रा सञ्चिति कम भएकाले सरकारले अत्यावश्यक बाहेकका वस्तु आयातमा कडाइ गरेको छ । सरकारले राजपत्रमा एक सूचना जारी गर्दै २०७९ असार मसान्तसम्मलाई उक्त सामग्री आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो। मंगलबार जारी […]


प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले अहिलेको अवस्थामा सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी छन् । काठमाडौंमा सोमबार भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै ढुंगानाले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेकाले केही समय धैर्य गर्नु […]


प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार

काठमाडौं । एसियलन डेभलपमेन्ट बैंक एडीबीले सन् २०२२ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । नेपाल सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको भए पनि सो वृद्धि […]


प्रकाशित मिति: १५ चैत्र २०७८, मंगलवार

काठमाडौं। इन्धन मूल्यवृद्धिको मारबाट निगमलाई जोगाउन नेपाल आयल निगमले अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै देशको आयात घटाउनका लागि सवारीमा जोर–बिजोर प्रणाली लागू गर्नेदेखि आइतबार सार्वजनिक बिदा दिनेसम्मको प्रस्ताव गरेको हो । अहिले देशको […]


प्रकाशित मिति: २ चैत्र २०७८, बुधबार

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । बुधबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो । बढेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १५५ तथा डिजल र मट्टितेलको मूल्य १३८ रुपैयाँ पुगेको […]


प्रकाशित मिति: १९ फाल्गुन २०७८, बिहीबार

काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले  पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो । बढाएको नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १५० […]


प्रकाशित मिति: १० फाल्गुन २०७८, मंगलवार

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ पुगेको छ । सोमबार तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढेको हो । नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी पनि तोलामा १५ रुपैयाँले […]



 

 

 

 

 

 

 


ताजा अपडेट