ऋणीलाई राष्ट्र बैंकको राहत

कर्जाको भाखा नाघेको एक महिनाभित्र भुक्तान गरे ब्याज जरिवाना नलाग्ने

प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आवको अर्धवार्षिक मौद्रिक समीक्षामार्फत १ महिना म्याद नाघेकालाई जरिवाना नलाग्ने व्यवस्था गरेको छ ।

ऋणीलाई सहुलियत दिएको राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा अनुसार २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको हो ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले १ महिना म्याद नाघेकालाई जरिवाना नलाग्ने व्यवस्था गरेको हो। ‘२०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको सावाँरब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिने छ,’ मौद्रिक नीति समिक्षामा उल्लेख गरिएको छ।

शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले साना तथा मझौला व्यवसायीलाई समेत सहुलियत दिने नीति लिएको छ । बैंक तथा वित्तीय संस्थाबाट दुई करोडसम्म ऋण लिएका साना तथा मझौला उद्योग–व्यवसायीलाई ऋणको पुनरसंरचना २०८० असार मसान्तसम्म गर्न सकिने समीक्षामा उल्लेख छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट