सुनको मूल्य एक हजार रुपैयाँले घट्यो

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार

काठमाडौं । बिहीबार सुन तोलामा एक हजार रुपैयाँले सस्तो भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले घटेर तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदी पनि तोलामा ५ रुपैयाँले सस्तो भएको छ । बुधबार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट