दशैँका लागि नयाँ नोट बाड्ने तयारी, एकजनाले कति साट्न पाउने ?

प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारका लागि घटस्थापनादेखि नयाँ नोट सटही सुरु गर्ने तयारी गरेको छ ।

विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल नोट सटहीको सुविधा उपलब्ध गराउने भएको हो। राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने जनाएको छ।

आफ्नो मातहतका बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट सटही सुरु गर्ने राष्ट्र बैंकले त्यसपछि आफ्नो केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयबाट नोट सटही सुरु गर्ने छ। राष्ट्र बैंकले दशैँ तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट