भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आउदा ग्यासमा भने १०० रुपैयाँ घट्यो

प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

काठमाडौं । प्रत्येक १५/१५ दिनमा मूल्य अपडेट गर्ने इन्डियन आयल कर्पोरेसन आईओसीले यसपटक पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेर नेपाल पठाएको छ ।

नेपाल आयल निगमले दिएको जानकारी अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको छ।

यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ रूपैयाँ बढेको छ भने खाना पकाउने ग्यास प्रतिसिलिन्डर १०० रूपैयाँले घटेर आएको आयल निगमले जनाएको छ।

भारतबाट मूल्य बढेर आएसँगै अब नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने भएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट