खाना पकाउने ग्यासको मूल्य २१५ ले बढ्यो

प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले बढाएको छ ।

आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको निगमले खाना पकाउने ग्यासको मूल्यमा भने भारी वृद्धि गरेको छ ।

योसँगै अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २११० पुगेको छ भने पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ।

यस्तै पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ । डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट