व्यापार/व्यवसाय
प्रकाशित मिति: २८ माघ २०७८, शुक्रबार

काठमाडौं । निजी क्षेत्रका दुध बिक्री गर्ने डेरीहरुले पनि दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्ने घोषणा गरेका छन् । डीडीसीले दूधको मूल्य बढाएको भन्दै निजी डेरीले पनि दूधको मूल्य बढाउने भएका हुन्। शुक्रबार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको जानकारी दिए । बढेको […]


प्रकाशित मिति: ४ माघ २०७८, मंगलवार

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा पेट्रोलिय पदार्थको मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको छ । आफ्नो सञ्चित मुनाफा रित्तिएको भन्दै निगमले विज्ञप्ति जारी गर्दै तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेअनुसार नेपालमा मूल्य समायोजना […]


प्रकाशित मिति: २० पुष २०७८, मंगलवार

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । अंग्रेजी वर्ष २०२२ लागेपछि आज पहिलो पटक सुनको मूल्य एकैदिन ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार […]


प्रकाशित मिति: १९ पुष २०७८, सोमबार

काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको जनाएको छ । मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादन विगत पाँच वर्षयताकै कम भएको छ। मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालू आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको छ। चालू आवमा […]


प्रकाशित मिति: ११ पुष २०७८, आईतवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको छ । प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको जनाएको छ । नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु […]


प्रकाशित मिति: ८ पुष २०७८, बिहीबार

काठमाडौं । कृषि विकास बैंकले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ । बैंकले पुस २९ गते बिहान ११ बजे बैंकको केन्द्रिय तालिम केन्द्र बोडे भक्तपुरबाट र्भच्युअल माध्यबाट १५औँ वार्षिक साधारण सभा बोलाएको हो। […]


प्रकाशित मिति: २७ मंसिर २०७८, सोमबार

काठमाडौं । शेयर बजार लगानीकर्ताका संघहरुको छाता समूह ‘पुँजी बजार सृदृढिकरण बृहत कार्यदलका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले अत्यावश्यक नपरी शेयर बिक्री नगर्न सबै लगानीकर्ताहरुमा आग्रह गरेका छन् । अध्यक्ष पौडेलले सोमबार प्रेस विज्ञप्ति नै निकालेर छोटो समयमा नै १२ खर्ब सम्पत्ति गुमिसकेको भन्दै सबै लगानीकर्ताहरुलाई संयमित भएर लगानी गर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, […]


प्रकाशित मिति: १२ मंसिर २०७८, आईतवार

काठमाडौं । प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको पुष ६ गते हुने १४औँ वार्षिक साधारण सभाले बैंकको गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई दिन प्रस्ताव गरिएको १६.६३१५ लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश पारित गर्नेछ। लाभांश वितरण […]


प्रकाशित मिति: ७ मंसिर २०७८, मंगलवार

काठमाडौं । मंगलबार सुन तोलाको १६ सय रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मुल्य घटेकाले नेपाली बजारमा पनि मुल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज मंगलबार १६ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको छ । आज […]


प्रकाशित मिति: ५ मंसिर २०७८, आईतवार

काठमाडौं । दियालो फुडल्याण्ड रेष्टुरेन्ट तथा पार्टी प्यालेसले तार्केश्वर वडा न. ११ स्थिति शेषमति पुल नजिकै आफ्नो नयाँ शाखा विस्तार गरेको छ । मङ्सिर ४ गते शनिबार एक विशेष समारोहका बीच काठमाडौं जिल्ला क्षेत्र न. ६ का सभासद् तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले पानसमा बत्ती बालेर दियालो फुडल्याण्डको उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख […]


प्रकाशित मिति: २८ कार्तिक २०७८, आईतवार

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत् आपूर्ति दिएको हो । प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका […]


प्रकाशित मिति: १३ कार्तिक २०७८, शनिबार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले घाटा कम गर्न भन्दै निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्यवृद्धि गरेको हो । बढेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १३३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर […]


प्रकाशित मिति: २३ आश्विन २०७८, शनिबार

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि सुपथ मूल्यमा खसी बोकाको बिक्री सुरु गरेको छ। खाद्य संस्थानको थापाथलीमा रहेको प्रधान कार्यालयबाट दशैँका लागि खसी बोका बिक्री सुरु गरिएको हो । खाद्यले खसी बोकाको खरिद मूल्य प्रतिकिलो अधिकतम पाँच सय ६५ रुपैयाँ तोकेको छ भने बिक्री मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ […]


प्रकाशित मिति: २० आश्विन २०७८, बुधबार

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनमा ल्याएको छ। कम्पनीले आज (असोज २० गतेदेखि) सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्कासनमा ल्याएको हो। सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ […]


प्रकाशित मिति: १८ आश्विन २०७८, सोमबार

काठमाडौं। विश्वब्यापि कोरोना महामारीले हरेक क्षेत्रको जनजीवन प्रभावित गरेको भए पनि समय सापेक्ष रुपमा समाजका सबै जनजीवनका क्षेत्रहरु आ–आफ्नो विकासमा लागि परेका छन् । यसै क्रममा नेपाल बजार बिक्री प्रतिनिधी संघले पनि आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि तथा व्यक्तिक विकासका लागि ‘एनटिपी टुरिजम अफयर्स कलेज’सँग सहकार्य गरेको छ । आज काठमाडौंमा उक्त कलेज र संघ बिच […]



 

 

 

 

 

 

 


ताजा अपडेट