ओली र देउवासहित बालुवाटारमा छलफल

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

काठमाडौं, ४ फागुन । निर्वाचनको छलफलका लागि बुधबार एमाले अध्यक्ष केपी ओली बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।

बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत चुनावबारे छलफल गर्नुपर्ने भएकाले भेला भएका हुनलागेका हुन । विद्यार्थीहरुको चुनावबारे छलफलमा जुटेका शीर्षनेताहरुले फागुन १४ गते को स्ववियु निर्वाचन सार्नका लागि बैठक गरेका हुन् ।

प्रधानमन्त्री पुषपकमल दाहालले बुधबार बिहानै प्रमुख तीन दलका शीर्षनेतासहित ती दलका विद्यार्थी नेता एवं त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बालुवाटारमा बोलाएका हुन् ।

प्रधानमन्त्री दाहालले आफू फागुन १४ मै चुनाव गर्नुपर्ने पक्षमा रहेको तर विप्लव माओवादीको विद्यार्थी संगठनले विभिन्न ठाउँमा तालाबन्दी गरेका कारण चुनाव सार्नुपर्ने भएको उनले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट